बुटवल राजधानी हुने हल्लापछि दाङमा प्रदर्शन

१ पुस ७४, आइतबार

प्रदेश नम्बर ५ को राजधानी बुटवल हुने हल्ला चलेपछि त्यसको विरोधमा दाङमा आइतबार प्रदर्शन भएको छ। बुटवल क्षेत्रका स्थानीय नागरिकले अगुवाहरूले सामाजिक सञ्जालमार्फत बुटवललाई ५ नम्बरको राजधानी बनाउन लबिङ थालेपछि दाङमा पनि त्यस्तै सामाजिक सञ्जालहरूको प्रयोग गरि प्रदर्शन भएको हो ।

तुलसीपुरमा आइतबार जनदबाब स्वरूप र्‍याली निकाली कोणसभासमेत भएको छ। तुलसीपुरको बीपी चोकबाट र्‍यालीसहित सुरू जनदबाब कार्यक्रम बीपी चोकमै पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै उच्च अदालत तुलसीपुरमै रहेको, प्रदेश प्रहरी प्रमुखको कार्यालय तुलसीपुरमै रहेको, रेडियो नेपालको प्रदेश स्तरीय रिले स्टेशन तुलसीपुरमै रहेको, पहिलो बैठकका लागि भवन समेत तयार भएको अवस्थामा यसविपरित बुटवल राजधानी बनाइने हल्ला चलाएकोले त्यसको पछाडि नलाग्नसमेत स्थानीयलाई सचेत गराइएको छ।

Advertisement

कोणसभालाई सम्वोधन गर्दै नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले दाङ राजधानी भएन भने त्यो घोषणा भएको दश मिनेटमै हामी आन्दोलन छेड्ने र सिंहदरबार घेर्नेसम्मको चेतावनी दिए।

त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले दाङ राजधानी बनाउन आफूहरू जस्तोसुकै कदम चाल्न समेत तयार भएको जानकारी दिए। महिला अधिकारकर्मी सुष्मा गिरीले दाङ प्रदेश नं. ५ को केन्द्रमा रहेको, सबैभन्दा ठूलो भूगोल भएको हुँदा बोर्डर क्षेत्रमा राजधानी राख्नु उपयुक्त नहुने तर्क गरिन्। ‘दाङ राजधानी भएन भने जस्तोसुकै मूल्य चुकाउन दाङ पछि पर्नेछैन,’ उनले भनिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top