निर्मला हत्या प्रकरण : आइतबारदेखी अनिश्चितकालीन धर्ना सुरु

निर्मला हत्या प्रकरण : आइतबारदेखी अनिश्चितकालीन धर्ना सुरु

कञ्चनपुर, कात्तिक २५
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायका लागि अनिश्चितकालीन धर्ना सुरु भएको छ । निर्मलाका आमाबुबा र अधिकारकर्मीले अनिश्चीतकालीन धर्ना सुरु गरेका हुन् ।

आइतबार दउँसो साढे १२ बजे महेन्द्रनगरको मदनचोकमा फुलमालाले स्वागत गरेपछी आमाबुबा सहितका अधिकारकर्मी धर्नामा बस्न लागेको अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन् ।

र्याली सहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरिएको हो । गत साउन १० गते साथीको घर गएकी निर्मला ११ गते मृत अवस्थामा उखुबारीमा भेटिएकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.