विराटनगरमा निःशुल्क मधुमेह परीक्षण गरिने

विराटनगरमा निःशुल्क मधुमेह परीक्षण गरिने

विराटनगर, कात्तिक २६
विश्व मधुमेह दिवशको अवसरमा विराटनगरमा निःशुल्क मधुमेह परीक्षण शिविर गरिने भएको छ ।

लायन्स र लियो क्लव अफ विराटनगरको संयुक्त आयोजनामा विश्व मधुमेह दिवसको अवसरमा कार्तिक २८ गते प्राथमिक उपचार तथा मधुमेह परीक्षण शिविर सञ्चालन हुने भएको हो ।

लियो क्लव अफ विराटनगरका अध्यक्ष कुशल साहले शिविरले मधुमेह नियन्त्रणका लागि केही सहयोग गर्ने भएकोले सामाजिक उत्तरदायित्व वहन गर्नेगरी सो कार्यक्रम गर्न लागेको बताए ।

विराटनगरको केशलिया रोडमा सञ्चालन गरिने सो शिविरलाई लाईफ गार्ड हस्पिटल, विराटनगरले प्राविधिक तथा मेडिकल सहयोग गर्ने जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.