बालिका बलात्कारको आशंका : हत्यारा खोज्न कुकुर परिचालन

बालिका बलात्कारको आशंका : हत्यारा खोज्न कुकुर परिचालन

बलातकारपछि हत्या आशंका गरिएको एउटा घटनाको दोषी पत्ता लगाउन उदयपुर प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ ।

आईतबार दिउँसो रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ बर्षीया बालिका एल्जिना खड्का घर नजिकै खरबारीमा मृत भेटिएकी थिईन् ।

बालिकाको बलात्कार पछि हत्या भएको हुनसक्ने अनुमान गर्दै प्रहरीले अनुसन्धानका लागि कुकुर परिचालन गरेको हो । मुखमा हात पुछ्न प्रयोग गरिएको कागज( नेप्किन पेपर) कोचिएको अवस्थामा बालिका मृत फेला परेकी थिईन् ।

उनको सुरुवाल समेत खोलएको र शरीरमा नङ्ग्राएको डाम भेटिएको प्रहरीले जनाएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.