सुदूरपश्चिमका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त

काठमाडौँ,कात्तिक २७
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट हटाईएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार मन्त्री सोडारीलाई पदबाट हटाइएको हो ।

तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले हटाएको हो । मन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले मन्त्रीलाई पदमुक्त गरिएको पुष्टि गरे ।

मन्त्रीले प्रयोग गर्ने गाडी दुर्घटना भएको प्रकरणका कारण पार्टीको निर्देशनमा सोडारीलाई मन्त्रीबाट हटाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्रोतले जनाएको छ ।

Advertisement

मन्त्री सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नम्बरको स्कारपियो जीप शुक्रबार राति कैलालीमा दुर्घटना भएको थियो । दुर्घटनामा ३ जना घाइते भएका थिए ।

मन्त्री सोडारी जीपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जीप चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा शाही र से३प २४२० नम्बरको मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए ।

Advertisement

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बडैपुर सडक खण्डमा से३प २४२० नम्बरको मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जीप एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top