सुजाताकोमा खाना खान मात्र गएको थिएँ, आत्तिनुपर्दैन : नेता पौडेल

२७ कात्तिक ७५, बुधबार

चितवन,कात्तिक २७

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो, त्यो नभएको उनको भनाई थियो । वरिष्ठ नेता पौडेलले भने, ‘विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपथ्र्यो तर त्यस्तो भएन ।’

Advertisement

आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको उनले बताए । वरिष्ठ नेता पौडेलले भने, ‘पार्टी निर्वाचनमा के कारणले हार्यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्नेतिर मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन ।’

वरिष्ठ नेता पौडेलले सोमबार सुजाता निवासमा खाना खान बोलाएर गएको बताए । राजनीतिक विषयमा चर्चा मात्रै भएको बताउँदै उनले त्यहाँ सामान्य ‘हाई हेल्लो’ मात्रै भएको बताए । आफूहरुले पार्टीमा कुनै गुटबन्दी नगरेको पनि उनले बताए ।

Advertisement

वरिष्ठ नेता पौडेलले उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको बताए । प्रक्रिया पुर्याएर ल्याउन नसक्नु सभापतिको कमजोरी रहेको उनको भनाइ थियो । वरिष्ठ नेता पौडेलले भने, ‘गच्छदारलाई ल्याउने कुरामा पहिलादेखि नै सहमति थियो तर प्रक्रिया मिलाएर गरौँ भन्ने हो ।’

अर्को एक प्रसङ्गमा उनले केन्द्रीय समितिमा सदस्य बढाउनुपर्ने भन्दै सदस्य बढेमा पदाधिकारी स्वतः बढ्ने बताए । सरकारप्रति टिप्पणी गर्दै उनले अहिलेको सरकार समय अनुकूल रहेर पनि हल न चलको अवस्थामा पुगेको आरोप लगाए । उनले भने, ‘विपक्षी शान्त भलाद्मी तरिकाले बसेको छ, जनता निरास छन् ।’
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

सम्बन्धित समाचार

Scroll to Top