राजनैतिक आस्थाकै कारण यातना दिने र बिचार अभिव्यक्त्तिको स्वतन्त्रता हनन गर्न नहुनेमा जोड

राजनैतिक आस्थाकै कारण यातना दिने र बिचार अभिव्यक्त्तिको स्वतन्त्रता हनन गर्न नहुनेमा जोड

बिराटनगर,कार्तिक  २९
राजनैतिक आस्थाकै कारण कसैलाई पक्राउ गरेर यातना दिने र बिचार अभिव्यक्त्तिको स्वतन्त्रता हनन गर्न नहुनेमा विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले बिराटनगरमा आज आयोजना गरेको मानव अधिकार प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रता बिषयमा अन्र्तक्रियामा सहभागीहरुले लोकतान्त्रिक राज्यमा मौलिक अधिकार प्राप्त संबिधान निर्माण भएर कार्यान्यनमा आइसकेकोले संबिधानमा उल्लेख भएको मौलिक अधिकार व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय मानवअधिकार आयोगका एक नम्बर प्रदेशका निर्देशक मोहनदेव जोशीले नेपालले मानवअधिकार पक्षका बिभिन्न १८ वटा अभिसन्धिमा हस्ताक्षर गरिसकेकोले लोकतान्त्रिक गणराज्यको सरकारले त्यसलाई पालना गर्नु अनिर्बाय दायित्व हुने बताए ।

क्रान्तिकारी पत्रकार संघका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले आस्थाकै आधारमा नागरिकहरुलाई पक्राउ गरेर जेल हाल्नु , हिरासतमा राख्नु र यातना दिनु बिश्वव्यापी मानव अधिकारको घोषणा बिपरित कार्य भएपनि राज्यले बेवास्ता गरिरहेको आरोप लगाए ।

नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश अध्यक्ष बिक्रम लुँईटेलले सत्तामा गएपछि आस्थाको आधारमा नागरिकहरुलाई पक्राउ गर्ने राज्य काुननी र लोकतान्त्रिक हुन नसक्ने बताए ।

नेकपा मोरंगका संयोजक ऋषि पोखरेलले अव बिद्रोही बनेर अलग अस्तित्व खोज्नु भन्दा पनि सबैले न्याय र समानताकालागि पहल गर्नुपर्नेमा जोड दिए ।

(माओबादी) का एक नम्बर प्रदेश संयोजक बिमल निरौलाले फरक आस्था राख्ने पार्टीको कार्यकर्ता भएकै कारण नागरिकहरुलाई पटक पटक पक्राउ गरेर जेल र हिरासतमा राखिरहनु संबैधानिक राज्यको खिल्ली हुने बताए ।

क्रान्तिकारी पत्रकार संगठनले २ असोजबाट ५ नम्बर प्रदेशको दाङबाट मानवअधिकार र प्रेस स्वतन्त्रकालागि देशव्यापी अभियान थालेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.