काठमाडौं : एक व्यक्तिले भुवन केसीको नाममा अकाउन्ट खोलेर युवतीहरुलाई डेटिङको प्रस्ताव गरेका थिए ।,खबर आजको नयाँ पत्रिकामा छ ।
केही युवताीले नायक भुवन केसीकै अकाउन्ट ठानेर च्याटसमेत गरे । तर, अकाउन्ट भुवन केसीको नभएको खुलेपछि युवतीहरुले प्रहरीमा उजुरी दिएका थिए ।
तर, नक्कली अकाउन्ट खोल्ने व्यक्ति भने पक्राउ परेन् । अभिनेता केसीले पनि प्रहरीमा उजुरी गर्न चासो दिएनन् ।
अर्का अभिनेता आयुषमान जोशीको नाममा अकाउन्ट बनाएर युवतीहरुसँग अश्लील कुराकानी गरेको उजुरीसमेत अपराध महाशाखामा पुगेको थियो ।









