छोरो सम्झेर भक्कानिए ‘प्रचण्ड’

दोलखा : वर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर मुखैमा आएको चुनावको वातावरणले छपक्कै छोपेको थियो ।

तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचनमा होमिएका त्यतिखेरको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अघिल्लो वर्षको मंसिर १ गते केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भएको चुनावी सभामा सम्बोधन गर्न झापा पुगेका थिए ।

झापाका सभा सकेर उनी काठमाडाैंफर्किने तरखर गर्दै थिए। अचानक काठमाडाैंबाट एउटा अपत्यारिलो खबर आयो जसले उनी छाँगाबाट खसेझैं भए।

Advertisement

‘अघिल्लो साल मंसिर २ गते दिन झापामा केपी ओलीजीको चुनावी क्षेत्रमा थिएँ,’ शनिबार दोलखा सदरमुकाम चरिकोटमा दाहालले वर्ष दिनअघिको घटना सम्झिँदै भने, ‘राजधानी फर्कने तरखर गर्दै थिएँ, अचानक एउटा खबर आयो, प्रकाश अब रहेनन्…!’

यति भनेपछि दाहालका गला अवरुद्ध भएका थिए । उनी बोल्नै सकेनन् । केही बेर भक्कानिए । चरिकोटको टुँडिखेल मैदानमा उनलाई सुन्न बसेकाहरू स्तब्ध बने । छोरा बितेको प्रसंगपछि भक्कानिएका दाहालको केहीबेर गला अवरुद्ध भयो ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top