ग्यारेजमा आगलागीबाट ५ लाखको क्षति

ग्यारेजमा आगलागीबाट ५ लाखको क्षति

इटहरी, मंसिर ०२

सुनसरीको इटहरी उप–महानगरपालिका– १७ स्थित पकली चौक शनिबार मोटरसाईकल ग्यारेजमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट सोही स्थान बस्ने तुल बहादुर मगरको घरको सटरमा भारत सुपौल बिरपुरथाना बलभद्रपुर घर भई ईटहरी बस्ने मोहम्मद आम्जाद मियाँले खोलेको मोटरसाईकल ग्यारेजमा साँझ सवा ५ बजे बिद्युत लाईन सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट ग्यारेज भित्र रहेको सम्पूर्ण मोटरपार्टस लगायत सटरको माथिल्लो तलाको झ्याल जलेर नष्ट भएको छ । आगलागीलाई दमकल प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.