×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गणितका लागि अर्को आन्दोलनकाे तयारी, सरकारी पाठ्यक्रम पढेर विश्वविद्यालय जानै नसकिने दाबी

२ मंसिर २०७५

काठमाडौं ,मंसिर २

हाल कक्षा ११ र १२ मा विज्ञान इतरका विषयहरुमा समेत गणित विषयलार्इ अनिवार्य गर्नुपर्ने माग गर्दै अाएकाे नेपाल गणित समाजले थप आन्दोलन गर्ने भएको छ । त्यसका लागि समाजले अाफ्नाे मागमा एेक्यवद्धता जनाएका ४ अाेटा संगठनसहितकाे बैठक साेमबार बाेलाएकाे छ ।

Advertisement
Advertisement

राजधानीकाे बागबजारस्थित पद्मकन्या क्याम्पसमा अायाेजना गरिएकाे बैठकमा अाफूहरुले यसअघि राखेकाे मागप्रति सरकारकाे व्यवहार र अान्दाेलन भावी दिशाबारे छलफल हुने बताइएकाे छ । समाजले प्रधानमन्त्री र शिक्षामन्त्रीसँगै पाठ्यक्रम विकास केन्द्रलाई समेत ध्यानाकर्षण गराएकाे थियाे । तर त्यसकाे कुनै प्रतिक्रिया नअाएकाे समाजका सहसचिव जीवन काफ्लेले बताए ।

हाल कक्षा ११ र १२ मा ५ ओटा विषय रहेकोमा ४ ओटा अनिवार्य र एउटा ऐच्छिक रहेकोमा सरकारले ४ ओटा विषय अनिवार्य र ३ ओटा विषय ऐच्छिक रहनेगरी पाठ्यक्रम तयार गरेको छ ।

अनिवार्य रहेका ४ विषयमा गणित नरहने तर बाँकी ३ ओटा ऐच्छिक विषयमध्ये गणित अध्ययन गर्न चाहनेले २ विषय पढ्नुपर्ने र त्यसो गर्दा विद्यार्थीले आफ्नो खास छनोट गरेको विषयको भने एउटामात्र विषय पढ्नुपर्ने गरी पाठ्यक्रम बनाएको छ ।

यस्तो व्यवस्थाले गणित पढ्ने कि आफूले रोजेको विषय पढ्ने भन्ने दुविधा विद्यार्थीमा रहन्छ । त्यसैले हामीले ‘जीवन उपयोगी’ शिक्षालाई ऐच्छिकमा समावेश गरेर एउटा गणित विषयलाई अनिवार्य बनाउन माग गरेका हौं–काफ्लेले विकास न्यूजसँग भने ।

समाजले राखेको मागलाई विभिन्न विश्वविद्यालयशरुले समेत समर्थन जनाएको उनको चनाई थियो । यस्तो पाठ्यक्रमले गर्दा विश्वविद्यालयहरुमा हाल रहेको पाठ्यक्रम अनुसारका विषय पढ्न समेत गाह्रो हुने विश्वविद्यालय अन्तर्गतका विभागहरुले गणितलाई अनिवार्य गर्नुपर्ने सुझाव दिइसकेका छन् ।

विज्ञान विषयमा भने अनिवार्य रुपमा गणित पढ्नै पर्ने व्यवस्था गरिएको छ । पहिले गणित विषयका विद्यार्थीहरुका लागि समेत अनिवार्य नगरिएकोमा सरकारको चौतर्फी आलोचना भएपछि सरकार पछि हटेको थियो ।

हाल कक्षा ११ र १२ मा गणित विषय अध्यापन गर्ने शिक्षकहरुको संख्या करिब ५ हजार छ । यस्तो व्यवस्थाले उनीहरुको भविष्यमा प्रत्यक्ष असर गर्नेछ । यद्यपि शिक्षक समाजले भने यो विषय शिक्षकसँग नभएर सम्पूर्ण विद्यार्थीहरुसँग जोडिएको भन्दै सरकारले जनतालाई सामान्य गणितीय व्यवहार गर्ने अवस्थाबाट समेत विमुख बनाउन लागेको आरोप लगाएको छ । यसले विद्यालय तहपछि सामान्य विद्यार्थीले पढ्ने प्राविधिक विषयहरु समेत पढ्न अप्ठ्यारो हुने समाजको दाबी छ ।

Advertisement

(विकास न्युजबाट)

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top