मर्निङ वाक खतरापूर्ण

काठमाडौं : सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् । बाहिरी प्रदूषणका कारण हानिकारक कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले दूषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् ।

बढ्दो वायु प्रदूषणका कारण मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ प्राडा। ढुण्डिराज पौडेलको सुझाव छ । ‘सास फेर्दा धूलोधूवाँका कण शरीरभित्र छिरेर फोक्सोलगायत अंगमा असर पुग्छ’, उनले भने ।

ठूला कण श्वासप्रश्वास नलीमा अड्किन्छन् । मसिना कण भने सीधै फोक्सोमा पुग्छन् । ‘दुई दशमलव पाँच माइक्रोनभन्दा साना कण सीधै फोक्सोमा पुग्छन् । फोक्सोबाट रक्तसञ्चार प्रणालीद्वारा मुटु, मिर्गौला, छालालगायत संवेदनशील अंगमा असर पुग्छ’, डा। पौडेलले भने ।

Advertisement

पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिकलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति बढी सजग हुनुपर्ने चिकित्सकको सुझाव छ । जाडोमा मर्निङ वाकभन्दा घरमै व्यायाम गर्नु उपयुक्त हुने डा। पौडेलको भनाइ छ ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

सम्बन्धित समाचार

Scroll to Top