×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

खुल्दै पूर्वराजाका अतिगोप्य कक्ष

४ मंसिर २०७५

काठमाडौँ, मंसिर ४
पूर्वराजा ज्ञानेन्द्र र स्वर्गिय राजा वीरेन्द्रले कार्यालय समयपछि विशेष परिस्थितमा राजनितिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयको रुपमा प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालय अन्तर्गत गणेश हिमाल तर्फका ९ वटा कक्ष खुल्ने भएको छ । लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो ।

देशमा विषम परिस्थिति हुदा पूर्वराजा ज्ञानेन्द्रले समेत गणेश हिमाल तर्फका विभिन्न कक्षमा अति गोप्य भेटघाट गर्ने गर्नु भएको थियो । पूर्वराजा वीरेन्द्रको वंशनासपछि केही समय नारायणहिटी राजदरबारबाट शासन संचालन गर्दा पूर्वराजा ज्ञानेन्द्रले गणेश हिमाल तर्फका विभिन्न कक्षमा कुटनितिक नियोग र राजनीतिक व्यक्तिलाई भेट गर्ने गर्नु भएको थियो ।

Advertisement
Advertisement

कार्यालय समयपछि खुला हुने ती कक्षमा गोप्य कुराकानीका लागि प्रयोग गर्ने गरिएको थियो । गणेश हिमाल कक्ष नजिक गोप्य रुपमा सवारी साधन प्रवेश गरेपछि कुन समयमा को संग भेटघाट गर्ने भन्ने विषय अन्य कसैलाई जानकारी हुदैन थियो ।

ज्ञानेन्द्र र वीरेन्द्रले गोप्य भेटघाट गर्ने कक्ष खुल्ने

निजी तर्फका दुई –तीन निजी कर्मचारी बाहेक पूर्वराजाले को संग भेट गर्नुभयो विषयमा भन्ने समेत जानकारी नहुने गरी गोप्य रुपमा ती कक्षहरु प्रयोग हुदै आएको थियो । वीरेन्द्रले प्रयोग गरेका सबै कक्ष पूर्वराजा ज्ञानेन्द्रले प्रयोग गरेका थिए ।

देशमा २०६२–२०६३ सालको आन्दोलन चर्किएको बेला पूर्वराजा ज्ञानेन्द्रले गणेश हिमाल कक्षको विभिन्न कोठामा विभिन्न निकायका उच्च राजनितिक दलका नेता,कुटनीतिक नियोगका प्रमुख,राजदूत लगायतका उच्च अधिकारीसंग विशेष भेटघाट गर्ने गगरेका थिए ।

विभागले यही मंसिर ९ गते पूर्वराजाका अति गोप्य बैठक कक्ष खुला गर्ने भएको छ । गणेश हिमाल तर्फको सप्तरी, सुनसरी, सिराहा, धनुषा, पर्सा, कपिलवस्तु, झापा, इलाम र सिन्धुली, कक्ष खुला गर्ने भएको छ ।

कुन कक्षका के विशेषता
खोलिने तयारीमा रहेका कक्ष मध्य झापा र इलाम कक्षमा पूर्व राजाको अति गोप्य भेटघाटको रुपमा प्रयोग गरिन्थ्यो । पुर्वराजाले ती कक्षहरुमा आफ्ना केही निजी कर्मचारी बाहेक अन्यलाई प्रवेशमा पूर्ण रोक लगाइएको थियो । हाल खुल्न लागेको कक्षहरु मध्य केही पूर्वराजाले कार्यालय समय पछि मात्र खोल्ने र भेटघाट गर्न प्रयोग गर्ने गरेका थिए ।

इलाम कक्षमा पुर्वराजाले हरेक हप्ताको बिहीबार प्रधानमन्त्रीसंग गोप्य भेटघाट गर्ने गरेका थिए । ती मध्य सुनसरी कक्षमा छाँया दर्शन गर्ने र जनैपुर्णिमा रक्षा बन्धन लगाउन प्रयोग गरिन्थ्यो । खोल्ने तयारीमा रहेको सिन्धुली कक्ष स्वर्गिय रानी एश्वर्याको श्रृंगार र पोशाक कक्षको रुपमा प्रयोग गरिएको थियो । सप्तरी कक्षमा पुर्व राजा स्व. वीरेन्द्र र ज्ञानेन्द्रको जन्मोत्सवमा आमा रत्नलाई संगै राखेर भोजन गराउने कक्ष हो ।

सिराहामा आराम गर्ने र धनुषामा खाना खाएपछि आराम गर्ने कक्ष रहेको संग्रहालय प्रमुख श्रेष्ठले जानकारी दिए । नारायणहिटी संग्रहालय खुलेको करिब एक दशक पछि थप ९ वटा कक्ष सहित २४ कक्ष खुला भएको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए ।

नारायणहिटी दरबार संग्रहालयको इतिहास
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा गरे लगत्तै २०६५ फागुन १५ देखि संग्रहालयका रुपमा सर्वसाधारणका निम्ति खुला गरिएको थियो । ७ सय ५३ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी संग्रहालय भने ३ सय १८ रोपनी क्षेत्रफलमा मात्रै सिमित छ ।

राजा पृथ्वी वीरबिक्रम शाहको शासनकालमा तत्कालिन राणा प्रधानमन्त्री रणोद्धिप शाहको कार्यकालमा निर्माण भएको नारायणहिटी दरबार विसं १९९० सालमा भुकम्पले क्षति पु¥याएको थियो ।पछि तत्कालीन राणा प्रधानमन्त्री वीर शमसेरको कार्यकालमा हालको प्यागोडा शैलीको दरबार निर्माण गरिएको थियो । विसं २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निमाण भएको थियो ।

Advertisement

तत्कालीन राजा महेन्द्रको शासनकालमा नारायणहिटी दरबार पुनर्निमाण गरिएको थियो । राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्र सम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यको जन्मेको सो भवनमा रहेका सबै कक्ष खुला गर्न अझै केही वर्ष लाग्ने संग्रहालय प्रशासनले जनाएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top