राष्ट्रपतिलाई गाडी खरिदबारे लेखा समितिले छलफल गर्ने

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागेको विषयबारे सार्वजनिक लेखा समितिले छलफल गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा समिति सभापति शाहले राष्ट्रपतिको निवास विस्तार गर्न महाराजगन्जस्थित नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान हटाउने तथा उपराष्ट्रपतिको निवास समाजकल्याण परिषद्को भवन लैनचौर सार्नेबारेसमेत छलफल गरिने बताए ।

२१ भदौको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको कार्यालय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा विस्तार गर्ने तथा उपराष्ट्रपतिको कार्यालय समाज कल्याण परिषद् परिसरमा सार्ने निर्णय गरेको थियो ।‘०५७ सालमा सार्वजनिक लेखा समितिले राजा वीरेन्द्रका लागि आरजे–१०० ब्रिटिस प्लेन किन्न सेनाले बनाएको योजना रोकेको थियो ।

राजाको व्यक्तिगत प्रयोगका लागि निकै महँगो जहाज किन्ने विषय हाम्रो आर्थिक स्थितिले धान्न नसक्ने भन्दै लेखा समितिले खरिद नगर्न निर्देशन दिएको थियो र त्यो प्रक्रिया रोकियो,’ सभापति शाहले भने । उनले गणतन्त्र नेपालको राष्ट्रपतिका लागि करोडौँको गाडी किन्ने विषयबारे छलफल गरिने बताए । ‘१८ करोडको गाडी किन्ने विषय पनि चासोको विषय हो । हामी यसबारे सरकारसँग छलफल गर्छौं’ उनले भने ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top