मिस वर्ल्डको प्रतिस्पर्धामा श्रृंखलाअगाडि

६ मंसिर ७५, बिहीबार

काठमाडौं : चीनको सान्या सहरमा जारी मिस वल्र्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अग्रपंक्तिमा देखएकी छन्।

Advertisement

एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन्। बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन्।

मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार साँझसम्म २५.८२ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन्। उनले प्राप्त कुल मतमध्ये एक लाख ७५ हजार मत प्राप्त गरेकी छन्।उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन् ।,यो समाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top