राष्ट्रपति भण्डारीदेखि कुलमानसम्मले चढे इलेक्ट्रिक कार, सार्वजनिक यातायातको रुपमा शुरु हुन सकेन

काठमाडौं, मंसिर ६
नेपाल विद्युत उत्पादनमा आत्मानिर्भर बन्दै जादाँ इलेक्ट्रिक सवारीको चर्चा बढ्दै गएको छ । नेपालका उच्च पदस्त व्यक्तिहरुले इलेक्ट्रिक सवारीको प्रयोग गरिसकेका छन् । तर सार्वजनिक सवारीमा भने उल्लेख्य प्रगती हुन सकेको छैन । सामान्य सवारीभन्दा तुलनात्मक रुपमा महँगो मानिएको इलेक्ट्रिक सवारीमा इन्धन भने ५ गुणा सस्तो पर्ने देखिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि ६० लाखको इलेक्ट्रिक कार किनिएको छ । कार चिनियाँ बीवाईडी कम्पनीको ई(सिक्स मोडलको रहेको छ । विद्युतीय सवारीको बारेमा जनचेतना फैलाउने उद्देश्यले राष्ट्रपतिका लागि विद्युतीय गाडी किनिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुली बताउँछन् ।

उर्जामन्त्री वर्षमान पुनले पनि विद्युतीय गाडी चढेका छन् । पुनका प्रेस सल्लाहकार रोशन खड्काका अनुसार मन्त्री पुनले जारी गरेको स्वेतपत्रमा विद्युतीय सवारी साधनको प्रयोगलाई वृद्धि गरी आगामी पाँच वर्षभित्र इलेक्ट्रिक सवारी साधनको आयात ५० प्रतिशत पुर्याउने लक्ष्य राखेका छन् ।

Advertisement

पुर्वराजा ज्ञानेन्द्र शाहले अहिले विद्युतीय कार किया सोल इभी चढिरहेका छन् । किया मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका सेल्स एक्जुकेटीभ अशोक पण्डितका अनुसार शाहले प्रतिकार ५८ लाख रुपैंयाँ तिरेर २ वटा विद्युतीय कार खरिद गरेका छन् ।

सोही मोडलको सीयूभी एक वर्षअघि पूर्व सचिव रामेश्वर खनालले पनि किनेका छन् । वल्र्ड वाइड फण्ड फर नेचरले समेत त्यस्तै २ वटा भेहिकल किनेको छ । नेपालमा उच्च सरकारी अधिकारी, विभिन्न गैरसरकारी, व्यवसायी तथा सर्वसाधारणहरुले विद्युतीय गाडी खरिद गर्न थालेका छन् । यसैगरी, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि प्राधिकरणमा ३ वटा इलेक्ट्रिक कार ल्याइसकेका छन् ।

Advertisement

सार्वजनिक यातायात शुरु हुन सकेन

साझा यातायातले गत कात्तिक ६ गते तामझामका साथ इलेक्ट्रिक बस शुरु गरेपनि सार्वजनिक यातायातको रुपमा सुचारु गर्न सकेको छैन । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनुभन्दा अघि काठमाडौंमा सञ्चालन गर्ने बताए पनि प्रालीले सेवा सुचारु गर्न सकेको छैन । उपत्यकाको रिङ रोडमा सञ्चालन गर्ने गरी गोर्खा इको प्यानलले ३ वटा बस सञ्चालन गर्ने तयारी गरेको छ ।

तर प्रक्रियामा जादाँ ढिलाई भएको प्यानलका सीईओ कृष्णभक्त दुवालले बताए । उनका अनुसार उपत्यकाको धेरै रुटमा इलेक्ट्रिक सवारी सञ्चालन गर्न सकिने छ यसका लागि प्यानलले चिनियाँ कम्पनीको सहयोगमा अध्ययन समेत गरिसकेको छ । यसैगरी, मयुर यातायातले पनि इलेक्ट्रिक बस सञ्चालन गर्ने तयारी गरिरहेको यातायातका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

विद्युतीय गाडीप्रति बढ्दो आकर्षण

सरकारले विद्युतीय गाडीको आयातमा विभिन्न सहुलियत प्रदान गरेको छ । भन्सार, अन्तशुल्क, बीमा लगायतमा सहुलियतको व्यवस्था गरेको हो । पेट्रोल र डिजेलको गाडी आयात गर्दा २४६ प्रतिशत भन्सार लाग्छ, भने विद्युतीय गाडीको आयातमा २४ प्रतिशत मात्रै भन्सार तिर्नु पर्छ । साथै बीमा शुल्क पनि पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडीमा १५ प्रतिशत कम लाग्छ ।

त्यसबाहेक वार्षिक तिर्नु पर्ने सडक दस्तुर तिर्नु पर्दैन, प्रदुषण लगायत विभिन्न थप शुल्क बेहोर्नु पर्दैन ।विद्युतीय गाडी वातावरणमैत्री हुन्छ । ध्वनी, वायू प्रदुषण गर्दैन । खर्च कम गर्छ । पेट्रोलबाट चल्ने गाडीमा १ किलोमिटर बराबर करिब १२ रुपैयाँ पेट्रोल खर्च लाग्छ भने विद्युतबाट चल्ने गाडीको लागि प्रतिलिटर २ रुपैयाँ मात्रै चार्ज खर्च लाग्नेछ ।

यस्ता छन् इलेक्ट्रिक सवारीको विशेषता

गाडीमा अटोमेटिक गियर, ड्राइभ पावर स्ट्रेरिङ, क्रज कन्ट्रोल, भेन्टिलेशन सिट, इलेक्ट्रोनिक विण्डो, वुट स्पेस र राम्रो ग्राउण्ड क्लियरेन्स जस्ता फिचर्सहरु रहेका छन् ।

त्यस्तै, कम्पनी अनुसार सेफ्टीमा ६ ओटा एयरब्याग, इलेक्ट्रीङ पार्किङ, इलेक्ट्रीक ब्रेक डिस्ट्रीब्युशन, ट्रयाक्शन कन्ट्रोल, हिल एसिस्ट, पार्किङ सेन्सर लगायत रहनेछन् । गाडीमा रियरभ्यू क्यामेरा, जेबीएल साउण्ड सिस्टम, यूएसबी भिडियो चलाउन सकिने व्यवस्था रहेको हुन्छ ।

यदि गाडीमा २७ किलोवाटआवरको ब्याट्री भने ८१.४ किलोवाट पावरको मोटर जडान गरिएको हुन्छ । सामान्यतया १६ एम्पीयर पावर भएको विद्युतबाट गाडीको ब्याट्री फुल चार्ज गर्न १० देखि १२ घन्टामा लाग्छ भने डिसी फास्ट चार्जबाट ३३ मिनेटभित्रे फुल चार्ज भइसक्छ ।

ब्याट्री फुल चार्ज गर्नको लागि यदी गाडीमा २७ किलोवाटआवरको ब्याट्री भने ८१.४ किलोवाट पावरको मोटर जडान गरिएको हुन्छ । यसका लागि २७ युनिट विद्युत खपत हुनेछ ।

फुल ब्याट्री चार्ज गर्न करिब २७० रुपैयाँ खर्च लाग्छ । त्यसबाट गाडी १८० किलोमिटरसम्म गुडाउन सकिन्छ । त्यस हिसाबमा प्रतिकिलोमिटर करिब २ रुपैयाँ मात्रै विद्युत खर्च लाग्ने गरेको छ ।(विकास न्युजबाट)

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top