मन्त्री रबिन्द्र अधिकारीले ६३ लाख सम्पति लुकाएको खुलासा !

काठमाडौं,मंसिर ६
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले ६३ लाखको सम्पति लुकाएको खुलासा भएको छ । उनले पुष्पज्योति ढुंगानालाई व्यवसायिक साझेदार बनाएर विभिन्न व्यवसायमा सेयर लगानी गरेको खुलेको छ ।

नेकपाका युवा नेता तथा केन्द्रिय सदस्य समेत रहेका मन्त्री अधिकारीले सम्पति विवरण नखुलाएको ६३ लाख रुपैंयाँको सेयर फेला परेको हो ।मन्त्री अधिकारीले २०७४ चैत २५ गते सार्वजनिक गरेको सम्पति विवरणमा उनले सिक्लेस हाइड्रोपावर प्रालिमा रहेको ६३ हजार कित्ता संस्थापक सेयरको विवरण उल्लेख गरेका छैनन् ।

मन्त्री अधिकारीले गण्डकी विकास बैंकमा जग्गा बेचेको आम्दानी भनेर १५ लाख ७५ हजार नगद मौज्दात रहेको उल्लेख गरेका छन् । त्यस्तै, पारिश्रमिकबाट प्राप्त गरेको भन्दै ९ लाख ५० हजार रुपैंयाँ निक्षेप रहेको उल्लेख गरेका छन् । तर सिक्लेस हाइड्रोपावर प्रालीमा रहेको ६३ लाख रुपैंयाँ मूल्य पर्ने ६३ हजार कित्ता संस्थापक सेयर भने उल्लेख गरिएको छैन् ।

Advertisement

विकासन्युजलाई प्राप्त डकुमेन्टमा अधिकारीसँगै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी, व्यवसायी आनन्दराज बतास, पुष्पज्योति ढुंगाना लगायतसँग मिलेर सिक्लेसमा संस्थापक लगानी गरेको देखिन्छ ।

नेकपाका एक नेताले दिएको जानकारी अनुसार मन्त्री अधिकारी र पुष्पज्योति ढुंगाना व्यवासयिक साँझेदार हुन् । उनले ढुंगाना मार्फत नै विभिन्न परियोजनाहरुमा लगानी गर्दै आएका छन् ।

Advertisement

सुशासन र समृद्धिको नारा दिएका प्रधानमन्त्री केपी ओलीकै मन्त्रिपरिषदका एक चर्चित सदस्यले आफ्नो सम्पति विवरण लुकाएको देखिएपछि अब प्रधानमन्त्रीले के गर्छन् ? भन्ने प्रश्न उब्जिएको छ । मन्त्रि अधिकारीले सार्वजनिक गरेको सम्पति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

(विकास न्युजबाट)

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top