जनतामा उत्साह जगाउन मुख्मन्त्री राईको निर्देशन

जनतामा उत्साह जगाउन मुख्मन्त्री राईको निर्देशन

विराटनगर,मंसिर ७
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न प्रदेशका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । प्रदेश सरकारको बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने सबै संयन्त्र १५ दिन भित्र तयार गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको मन्त्रालयगत प्रगति समिक्षा कार्यक्रममा मुख्यमन्त्री राईले सबै मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

कडा रुपमा प्रस्तुत भएका राईले जनताको आवश्यकता र चाहनालाई हेक्का राखेर काम गर्न मन्त्री तथा सचिवलाई निर्देशन दिएका हुन् । प्रदेश १ सरकारको नीति कार्यक्रम तथा बजेट राम्रो रहेको भन्दै उनले यसको कार्यान्वयमा विशेष ध्यान दिन सबैलाई निर्देशन दिए ।

बजेट कार्यान्वयनमा अनेक बाहानाबाजी देखाएर कसैले पनि छुट नपाउने भन्दै मुख्यमन्त्री राईले कर्मचारी भएनन्, समय पुगेन भनेर कसैले भन्न नमिल्ने बताए ।

कसैले पनि हिनताबोधको भाव प्रकट नगरी दृढ इच्छाशक्ति, जोश र जाँगरका साथ काम गर्न मुख्यमन्त्री राईले निर्देशन दिएका हुन् । प्रगति समिक्षामा मन्त्रालयगत सबै सचिवहरुले कामको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.