डिजेल चोरी प्रकरण : अनुसन्धान लम्बिँदा चलखेलको आशंका

डिजेल चोरी प्रकरण : अनुसन्धान लम्बिँदा चलखेलको आशंका

विराटनगर : बरौनी स्थित इण्डियन आयल कर्पोरेशन(आईओसी) बाट विराटनगरस्थित नेपाल आयल निगम (एनओसी)को डिपोले खरिद गरेर ल्याएको डिजेल ट्यांकरबाटै चोरी भएको प्रकरणमा अनुसन्धान लम्बिंदै जाँदा अनुसन्धानको पक्रियामाथि अनशंका ब्यक्त हुन थालेको छ ।

को १ ख ५९६५ नम्बरको ट्यांकरमा कतैपनि नक्कल गर्न नसकिने ताला– चाबी प्रयोग गरिएको थियो । तर डिजेल बोकेको सो ट्याङ्करबाट २४८४ लिटर डिजेल चोरी भएको त्यही घटनाको अनुसन्धानका लागि गठित छानबिन समितिले ट्यांकरको नापजाँचबाट पुष्टि गरेको छ ।

चोरी निर्मुल पार्न ट्यांकरमा अत्याधुनिक लकिङ सिस्टम (ताला– चाबी लगाईएपनि ठुलो परिणाममा डिजेल चोरिएको २४ घण्टा नबिन्त्दै आयल निगमले घटनाको छानबिनका लागि उपनिर्देशकको संयोजकत्वमा छानबिन समिति बनाएर शुक्रबार अपरान्ह विराटनगर पठाएको थियो ।

मंसिर ६ गते बिहीबार साँझ चोरी घटना सार्वजनिक भएको थियो । छानबिन समितिले सोमबार पनि अनुसन्धान जारी राखेको छ । तर ठोस कारण अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन ।

ट्यांकरबाट कसरी डिजेल चोरियो भन्ने कुरा चारदिनसम्म पनि यकिन हुन नसक्दा छानबिन समितीको सीमा र क्षमतामाथि आशंका उब्जिएको छ ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.