सामाजिक सुरक्षा घोषणाको खुशीयालीमा दिपावली

विराटनगर, मंसिर ११
संयुक्त ट्रेड युनियनहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएपछि मंगलबार विराटनगरमा ¥याली निकालेका छन् ।

Advertisement

विराटनगरको बस पार्कबाट निस्केको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गर्दे ट्राफिक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।¥यालीमा सहभागीहरुले मजदुर एकताका नारा लगायका थिए ।

Advertisement

कार्यक्रममा बोल्दै विभिन्न ट्रेड युनियनमा आवद्ध मजदुर नेताहरुले सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको भन्दै खुशीयाली व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै मजदुर नेताहरु किशोर धमला, शुसील कोइराला, तेजलाल कर्ण लगायतले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेर मजदुरहरुको माग सम्बोधन गरेर सरकारले मजदुरहरुको जीवन सुनिश्चित गरेको बताए ।

Advertisement

यस्तै सामाजिक सुरक्षा दिवसकै अवसरमा उनीहरुले कार्यक्रमको स्वागत गर्दे दिपावली पनि गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top