विदेशी पाहुना आउँदा जोर–विजोर प्रणाली, सर्वसाधारणलाई सास्ती (तस्वीरसहित)

काठमाडौं, मसिंर १३
उपत्यकामा चल्ने सवारीसाधनहरुमा जोर–विजोर प्रणाली लागु गरिएपछि बिहीवार सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका छन् । सामान्य दिनको तुलनामा करीव आधाको सङ्ख्यामा गाडी सञ्चालन भएपछि विशेष गरी सार्वजनिक सवारीसाधन प्रयोगकर्ता बढी मारमा परेका छन् ।

Advertisement

अन्तरराष्ट्रिय गैर सरकारी संस्था युनिभर्सल पिस फेडरेसनको आयोजनामा शुक्रवारदेखि शुरु हुने ‘एशिया प्यासिफिक समिट २०१८’का लागि विभिन्न मुलुकबाट काठमाडौं आउने विशिष्ट पाहुनाको आवागमन सहज बनाउन भन्दै गृह मन्त्रालयले बिहीवारदेखि चार दिन सवारीसाधनमा जोर–विजोर प्रणाली लागु गरेको हो । जसअनुसार बिहीवार विजोर नम्बरका सवारीसाधन मात्रै चल्न पाउनेछन् ।

Advertisement

सवारीसाधनको सङ्ख्या कम भएपछि विगतमा अत्यधिक जाम हुने सडकहरु पनि लगभग खाली देखिएका छन् । तर अधिकांश बस स्टप र मुख्य चोकहरुमा यात्रुहरुको भीड देखिएको छ । कोटेश्वर, वानेश्वर, थापाथली, सुन्धारा, रत्नपार्क, कालीमाटी, कलङ्की, स्वयम्भू, बालाजु, चावहिल, गौशालालगायतका स्थानमा यात्रुहरु अलपत्र परेका छन । सञ्चालन भएका सवारीसाधनहरुमा पनि यात्रुहरु कोचिएर, झुण्डिएर यात्रा गरिरहेका छन् ।

Advertisement

सवारीसाधनको सङ्ख्या कम भएपनि सामान्य दिन भएकाले सर्वसाधारणहरुको सङ्ख्या सडकमा उत्तिकै देखिन्छ । क्षमताभन्दा अत्यधिक सङ्ख्यामा यात्रु राखेर सवारीसाधन गुडाउँदा दुर्घटनाको जोखिम बढ्ने गरेको छ । विगतमा पनि सार्क सम्मेलन, विमस्टेक, भ्रमणलगायतका कार्यक्रमहरुमा विशिष्ट विदेशी पाहुना आउँदा सर्वसाधारणले सास्ती भोग्ने गरेका थिए

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top