अरुण–३ आयोजनामा स्वदेशी सामग्री प्रयोग गर्न उद्योगीको आग्रह

विराटनगर, मंसिर १३
नेपाल सरकारको सवैभन्दा ठूलो परियोजना अरुण–३ जल विद्युत आयोजनाको निमार्णमा स्वदेशी सामाग्रीको प्रयोग गर्न यस क्षेत्रका उद्योगी ब्यवसायीले आग्रह गरेका छन । आयोजनाको कार्यलाई थप प्रभावकारी वनाउन आयोजनाले आज प्रदेश न १ का उद्योगी, व्यापारी, इन्जिनियर तथा परियोजनासंंग सम्विन्धित व्यक्तिहरुसंग गरेको छलफलमा सहभागिले यस्तो सुझाव दिएका हुन ।

Advertisement

नेपाल सरकार लगानी वोर्डको कार्यालय विराटनगरको सहजिकरणमा आज भएको कार्यक्रममा अरुण–३ मा कस्तो खालको निमार्ण सामाग्री प्रयोग गर्ने र निमार्ण सामाग्री कहाँबाट कसरी उपलव्ध गराउने भन्ने विषयमा उद्योग वाणिज्य महासंघ प्रदेश न १ का उपाध्यक्ष राजेन्द्र राउतले आयोजनाले स्वदेशमै उत्तपादित निमार्ण समाग्री प्रयोग गर्नुपर्ने वताए । उनले आयोजनालाई चाहिने सिमेन्ट , ढुंगा गिटि तथा डण्डि सवै प्रकारका निमार्ण समाग्री स्वदेशमै उत्तपादन हुने भएकाले सोही सामाग्री प्रयोगर्न आग्रह गरे ।

Advertisement

उद्योग संगठन मोरङका पूर्व अध्यक्ष अशोक मुरारकाले, आयोजनामा स्वदेशमै उत्तपादित गुणस्तरयुक्त सामाग्री प्रयोग हुनुपर्नेमा जोड दिए । उनले आयोजना निमार्णका लागी वाह्रय मुलुकवाट निमार्ण सामाग्री ल्याउने नभई स्वदेशी उद्योगीलाई प्रोत्साहन गर्नुपर्ने वताए । अरुण–३ आयोजनाका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माले आयोजना निमार्णमा पहिलो प्राथमिकता नेपालमा उत्तपादित सामाग्रीलाई दिइने भन्दै नेपालमा नपाइने सामाग्रीमात्र अन्य मुलुकबाट ल्याइने वताए । निमार्णमा प्रयोग हुने कतिपय सामाग्री नेपालमा उत्पादन नहुने गरेको उनको भनाई थियो ।

Advertisement

उनले कोशी राजमार्ग ठाँउठाँउमा भत्केकाले सामाग्री ढुवानीमा समस्या हुने गरेको वताए । शर्माले ६ महिनादेखि आयोजनाको काम शुुरु भएको र सो आयोजना तोकिएको समयमा सम्पन्नहुने समेत वताए । कार्यक्रममा वोल्दै प्रदेश न १ प्रमुख सचिव केदार न्यौपानेले, अरुण–३ प्रदेशकै लागी गौरवको विषय भएको भन्दै परियोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए।

उनले यो परियोजनाले प्रदेश न १ को विकासको ढोका खोल्ने भएकाले प्रदेशमा निर्वाद रुपले लगानीगर्न लगानीकर्तालाई आग्रह गरे । आयोजना निमार्णका लागी २०७१ साल मंसिर ९ गते नेपाल सरकार र परियोजना विकासकर्ता एस जे भि एन अरुण–३ पावर डेभलोप्मेन्ट कम्पनि विच सम्झैता भएको थियो ।

५ वर्ष भित्र निमार्ण सम्पन्न गरिने सो आयोजनाको निमार्ण लागत १०४ अर्व रुपैया रहेको छभने आयोजनाको विद्युत उत्तपादन क्षमता ९ सय मेगावाट रहेको छ । परियो्जना निमार्णका लागी १४ लाख ४२ हजार ७ सय २७ घनमिटर वालुवा, ४ लाख ५८ हजार ८ मेट्रिकटन सिमेन्ट तथा साढे ४८ हजार मेट्रिक टन स्टिल लाग्ने कार्यक्रममा जानकारी गराइयो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top