विराटनगर, मंसिर १३
नेपाल सरकारको सवैभन्दा ठूलो परियोजना अरुण–३ जल विद्युत आयोजनाको निमार्णमा स्वदेशी सामाग्रीको प्रयोग गर्न यस क्षेत्रका उद्योगी ब्यवसायीले आग्रह गरेका छन । आयोजनाको कार्यलाई थप प्रभावकारी वनाउन आयोजनाले आज प्रदेश न १ का उद्योगी, व्यापारी, इन्जिनियर तथा परियोजनासंंग सम्विन्धित व्यक्तिहरुसंग गरेको छलफलमा सहभागिले यस्तो सुझाव दिएका हुन ।
नेपाल सरकार लगानी वोर्डको कार्यालय विराटनगरको सहजिकरणमा आज भएको कार्यक्रममा अरुण–३ मा कस्तो खालको निमार्ण सामाग्री प्रयोग गर्ने र निमार्ण सामाग्री कहाँबाट कसरी उपलव्ध गराउने भन्ने विषयमा उद्योग वाणिज्य महासंघ प्रदेश न १ का उपाध्यक्ष राजेन्द्र राउतले आयोजनाले स्वदेशमै उत्तपादित निमार्ण समाग्री प्रयोग गर्नुपर्ने वताए । उनले आयोजनालाई चाहिने सिमेन्ट , ढुंगा गिटि तथा डण्डि सवै प्रकारका निमार्ण समाग्री स्वदेशमै उत्तपादन हुने भएकाले सोही सामाग्री प्रयोगर्न आग्रह गरे ।
उद्योग संगठन मोरङका पूर्व अध्यक्ष अशोक मुरारकाले, आयोजनामा स्वदेशमै उत्तपादित गुणस्तरयुक्त सामाग्री प्रयोग हुनुपर्नेमा जोड दिए । उनले आयोजना निमार्णका लागी वाह्रय मुलुकवाट निमार्ण सामाग्री ल्याउने नभई स्वदेशी उद्योगीलाई प्रोत्साहन गर्नुपर्ने वताए । अरुण–३ आयोजनाका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माले आयोजना निमार्णमा पहिलो प्राथमिकता नेपालमा उत्तपादित सामाग्रीलाई दिइने भन्दै नेपालमा नपाइने सामाग्रीमात्र अन्य मुलुकबाट ल्याइने वताए । निमार्णमा प्रयोग हुने कतिपय सामाग्री नेपालमा उत्पादन नहुने गरेको उनको भनाई थियो ।
उनले कोशी राजमार्ग ठाँउठाँउमा भत्केकाले सामाग्री ढुवानीमा समस्या हुने गरेको वताए । शर्माले ६ महिनादेखि आयोजनाको काम शुुरु भएको र सो आयोजना तोकिएको समयमा सम्पन्नहुने समेत वताए । कार्यक्रममा वोल्दै प्रदेश न १ प्रमुख सचिव केदार न्यौपानेले, अरुण–३ प्रदेशकै लागी गौरवको विषय भएको भन्दै परियोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए।
उनले यो परियोजनाले प्रदेश न १ को विकासको ढोका खोल्ने भएकाले प्रदेशमा निर्वाद रुपले लगानीगर्न लगानीकर्तालाई आग्रह गरे । आयोजना निमार्णका लागी २०७१ साल मंसिर ९ गते नेपाल सरकार र परियोजना विकासकर्ता एस जे भि एन अरुण–३ पावर डेभलोप्मेन्ट कम्पनि विच सम्झैता भएको थियो ।
५ वर्ष भित्र निमार्ण सम्पन्न गरिने सो आयोजनाको निमार्ण लागत १०४ अर्व रुपैया रहेको छभने आयोजनाको विद्युत उत्तपादन क्षमता ९ सय मेगावाट रहेको छ । परियो्जना निमार्णका लागी १४ लाख ४२ हजार ७ सय २७ घनमिटर वालुवा, ४ लाख ५८ हजार ८ मेट्रिकटन सिमेन्ट तथा साढे ४८ हजार मेट्रिक टन स्टिल लाग्ने कार्यक्रममा जानकारी गराइयो ।