नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न सुकीको आग्रह

१३ मंसिर ७५, बिहीबार

काठमाडौँ,  मंसिर ३

Advertisement

म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्माबीच व्यापार सम्बन्धलाई प्रबद्र्दन गर्नुपर्ने बताएकी छन् ।

नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उनले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताइन् ।

Advertisement

नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मामा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गरिन् ।

अर्को प्रसङ्गमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफूले नेपाल र नेपालीलाई सदैव सम्मान र माया गर्ने बताइन् । रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top