लगातार ओरालो लाग्दै माइक्रो फाइनान्स कम्पनीका शेयर

१५ मंसिर ७५, आइतबार

काठमाडौँ ,मंसिर १५

कुनै समय शेयर लगानीकर्ताका लागि असाध्यै आकर्षक क्षेत्रको रुपमा रहेको माइक्रो फाइनान्स समूहको शेयर उच्च बिन्दुले घटेको छ ।

बजार निरन्तर ओरालो लाग्दाको परिमाणसमेत सो समूहले भोग्नुपरेको छ । बजार घटेर न्यून बिन्दुमा पुग्दा त्यसको प्रभाव स्वतः माइक्रोफाइनान्समा परेको हो । नेपाल स्टक एक्सचेञ्जमा हाल ३८ माइक्रो फाइनान्स संस्था दर्ता छन् । ती संस्थाले नियमित रुपमा कारोवार गरिरहेका छन् । गत वर्ष उच्च बिन्दुमा रहेका ती कम्पनीका शेयर यस वर्षको मङ्सिर दोस्रो सातासम्म आइपुग्दा न्यून बिन्दुमा पुगेका हुन् ।

Advertisement

यस साताको कारोवार हुने अन्तिम दिन अर्थात् मङ्सिर १३ गतेसम्म शेयर बजार दोहोरो अङ्कले घटेर एक हजार १४८ बिन्दुमा पुगेको छ । करीब चार हजारको बिन्दुमा रहेका माइक्रो फाइनान्स समूहका शेयर घटेर न्यूनतम ५०० को बिन्दुमा झरेका छन् । स्टकमा सूचीकृत आरम्भ माइक्रो फाइनान्सको पछिल्लो कारोवार प्रतिकित्ता रु ७१० मा भएको छ । प्रतिकित्ता रु ९६३ सम्म कारोवार भएको सो कम्पनीको शेयर ओरालो लागेको छ ।

छिमेक लघुवित्त विकास बैंकको शेयर गत वर्ष रु एक हजार १३० मा कारोवार भएको थियो । सो कम्पनीको शेयर ओरालो लागेर हाल रु ८५३ मा खरीद बिक्री भएको छ । सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरसमेत घटेको छ । गत वर्ष रु एक हजार ३२ मा कारोवार भएको सो कम्पनीको शेयर हाल रु ५५६ मा कारोवार भएको छ ।

Advertisement

डिप्रोक लघुवित्त वित्तीय संस्था रु ५९० र फष्ट माइक्रो फाइनान्स रु ३३० मा कारोवार हुँदा फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्थाको शेयर रु एक हजार ८३६ मा सीमित भएको छ । गत वर्ष फरवार्डको रु तीन हजार ५३२ मा खरीद बिक्री भएको थियो । गत वर्ष मङ्सिरमा रु एक हजार ५६२ मा खरीद बिक्री भएको ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको शेयर बिहीबार रु एक हजार ४४ मा कारोवार भएको थियो ।

कुनै समय अत्यधिक मात्रामा आकर्षक मानिएको जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको शेयर फराकिलो बिन्दुले घटेको छ । गत वर्षको मङ्सिरमा रु तीन हजार ७७५ मा कारोवार भएको सो संस्थाको शेयर ओरालो लागेर रु दुई हजार ६०० मा झरेको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको रु ४३० मा कारोवार हुँदा कालिका लघुवित्तको रु ९४१, किसान माइक्रो फाइनान्सको रु एक हजार १७०, लक्ष्मी लघुवित्तको रु ७१८, महिला सहयात्रा माइक्रो फाइनान्सको रु ६०५ र मेरो माइक्रो फाइनान्सको शेयर रु ९६५ मा खरीद बिक्री भएको छ ।

आकर्षक मानिने महुली सामुदायिक लघुवित्त वित्तीय संस्था रु एक हजार २२५, मिर्मिरे लघुवित्त वित्तीय संस्था रु ९८०, नाडेप लघुवित्त रु ७१६, नागबेली लघुवित्त रु ८२१, नेशनल माइक्रो फाइनान्सको रु एक हजार ७६६, नयाँ नेपाल लघुवित्त रु ५२०, नेपाल सेवा लघुवित्त रु ५४१, नेरुडे लघुवित्त रु ५०५, निर्धन उत्थान लघुवित्त रु ७१६, एनएमबी माइक्रो फाइनान्स रु एक हजार ३०, आरएमडिसी लघुवित्त रु ५८४, आरएसडिसी लघुवित्त रु ३८२ र समता लघुवित्तको शेयर रु एक हजार ९४ मा कारोवार भएको छ ।

अधिकांश माइक्रो फाइनान्सको शेयर ओरालो लाग्दा बोमी माइक्रो फाइनान्स वित्तीय संस्थाको रु ८३४, विजय लघुवित्त वित्तीय संस्था रु ६०१, उन्नती माइक्रो फाइनान्स रु एक हजार ५३२, स्वरोजगार लघुवित्त वित्तीय विकास बैंक रु ५१६, स्वदेशी लघुवित्त वित्तीय संस्था रु ६२४, स्वावलम्बन लघुवित्त वित्तीय संस्था रु एक हजार ५०, साना किसान विकास बैंकको रु एक हजार ३०, समिट माइक्रो फाइनान्स रु ७७०, सर्पोट माइक्रो फाइनान्स रु ६३० र सूर्योदय लघुवित्तको शेयर रु एक हजार ४८० मा कारोवार भएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top