नेपाल अर्बुद रोग निवारण संस्थाको अध्यक्षमा पुनः श्रेष्ठ

९ पुस ७४, आइतबार

लहान, पुस ९
नेपाल अर्बुद रोग निवारण संस्थाको शनिबार सिरहाको लहानमा सम्पन्न २७ औँ केन्द्रीय सभाले पुनः लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement

तीनवबर्षे कार्यकालका लागि चयन गरिएको कार्यसमितिको सदस्यमा महेश श्रेष्ठ, कृष्णबहादुर बस्नेत, डा राजेन्द्रप्रसाद बराल, बिमल होडा, अनन्तप्रसाद धौभडेल, बद्रीनाथ पोखरेल, प्रकाश खतिवडा, उत्तमकुमार बस्नेत, राधा कार्की, नारायणकुमार कोइराला, डा प्रदीप वैद्य, उमेशचन्द्र यादव र दिनेशशंकर पालिखेलाई सर्वसम्मत चयन गरेको निर्वाचन अधिकृत गणेश कोइरालाले जानकारी दिए ।

यस्तै केन्द्रीय सभाले क्यान्सर रोगको उपचार निःशुल्क गर्न माग गर्दै तत्काल निःशुल्क गर्न नसकिए क्यान्सर रोगीको उपचारमा कम्तीमा रु पाँच लाख आर्थिक सहायता प्रदान गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको नेपाल अर्बुद रोग निवारण संस्थाका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए ।
संस्थाको केन्द्रीय सभाको बिनाविभागीय मन्त्री गिरीराजमणि पोखरेलले उद्घाटन गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top