×

NEPAL TIMES UPDATES

Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026

अलैँचीको मूल्य अब मोबाइलमै

१० पुष २०७४

१० पुस, इलाम । अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो ।

उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य एसएमएसबाट नै थाहा पाउने भएका हुन् । तर यो व्यवस्था धेरै किसानलाई जानकारी नै छैन । मूल्य थाहा पाउन मोबाइलको म्यासेज बक्समा गई ifa ach btm लेखेर ३४००१ मा एसएमएस गर्न सकिन्छ ।

Advertisement
Advertisement

अलैँचीको मुख्य कारोबार हुने झापाको बिर्तामोडमा प्रचलित बजार मूल्यका बारेमा थाहा पाइने र ifa ach लेखेर ३४००१ पठाएमा इलाममा रहेको प्रचलित मूल्य थाहा पाउने प्रावधान रहेको अलैँची विकास केन्द्रका वरिष्ठ प्राविधिक अञ्जनीकुमार न्यौपानेले जानकारी दिए ।

किसानले थाहा पाउन बजारै गएर बुझ्नुपर्ने झन्झटबाट मुक्त भइने र बेला बखतमा आफूहरु निक्कै ठगिएको महसुस हुने गरे पनि यस समस्याको केही हदसम्म समाधान भएको रोङ गाउँपालिका– ६ रम्भ्याङ्गका किसान श्याम आचार्यको भनाइ रहेको छ ।

Advertisement

तथापि अलैँची व्यवसायी महासंघले गरेको मूल्य जानकारीको प्रावधान किसानको हितमा नै रहेको किसानको भनाइ रहेको छ । बजारमा पनि अलैँचीको मूल्य व्यापारीले आफूखुशी तोक्ने गरेका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top