×

NEPAL TIMES UPDATES

Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026

निर्मलालाई न्याय माग्दा यो ज्यादती

२० मंसिर २०७५

-इन्जिनियरिङको तयारी गरिरहेका युवाको खुट्टा गुम्यो, चार महिनादेखि अस्पतालमा अर्धचेत

बुधबार दिउँसो महाराजगन्जस्थित शिक्षण अस्पताल न्युरोलोजिकल वार्डको ३१५ नम्बर क्याबिनमा पुग्दा कञ्चनपुरका २० वर्षीय अर्जुन भण्डारा ह्विलचेयरमा थिए । क्याबिन आगन्तुकले भरिएको थियो । ५३ वर्षीया आमा शिवकला छोरालाई चम्चाले खाना खुवाउँदै आगन्तुकलाई उनको स्वास्थ्यबारे जानकारी गराउँदै थिइन् ।

Advertisement
Advertisement

कचौराको खाना खाइसकेपछि अर्जुनले आगन्तुकतर्फ हेरे । आगन्तुकले उनीसँग सेल्फी खिचे । अर्जुन फिस्स हाँसे, बोल्न सकेनन् । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा भएको न्यायिक आन्दोलनका क्रममा ७ भदौमा प्रहरीको गोली लागेर घाइते भएका हुन् अर्जुन । गोली दायाँ खुट्टाको पिँडुलामा लागेको थियो ।

अत्यधिक रक्तस्रावपछि उनी घटनास्थलमै बेहोस भए । हेलिकोप्टरबाट शिक्षण अस्पताल ल्याइएपछि उनलाई मनमोहन कार्डियालोजीको आइसियूमा राखियो । गोलीको घाउले खुट्टामा संक्रमण भयो र तिघ्राभन्दा मुनिको भाग काट्नुपर्यो । खुट्टा गयो, तर छोराको होस फर्केला भन्ने आस थियो आमालाई । करिब दुई महिनाको सघन उपचारपछि छोराको होस त खुल्यो, तर पूरै होइन, आधा मात्र ।

‘चार महिना भयो बोल्न सकेको छैन । टाउकोबाहेक शरीरका कुनै अंग चल्दैनन् । खाना खुवाउनेदेखि दिसा–पिसाबसम्म हामीले नै गराइदिनुपर्छ । ओछ्यानमा पनि न दायाँ फर्कन सक्छ, न बायाँ । भर्खर २० वर्ष भयो । जीवनभर यस्तै भए यसको स्याहार कसले गरिदिन्छ होला ?’ आमा शिवकलाले नयाँ पत्रिकासँग भनिन् । अर्जुन स्थानीय मर्निङग्लोरी उच्च माविबाट प्लस टु सकेर इन्जिनियरिङको तयारी गर्दै थिए ।

-कक्षा ८ मा अध्ययनरत किशोरको हातमा गोलीको छर्रा, स्कुल अवरुद्ध

ल भीमदत्तनगर–१८ जानकीटोलका १४ वर्षीय चेतन भट्टको बायाँ हातमा गोली लागेको थियो । अहिले पनि उनको हातमा गोलीका छर्रा छन् । स्थानीय भृकुटी माविमा कक्षा ८ मा अध्ययनरत चेतनले स्कुल जान नसके पनि अर्धवार्षिक परीक्षा भने दिएका छन् । ‘अहिले पनि हात दुखिरहन्छ,’ उनले भने, ‘त्यसैले विद्यालय जान सक्दिनँ ।’

-१६ वर्षीय उमेश देउवाको गोली लागेको खुट्टामा रड, पढाइमा अवरोध

ल भीमदत्तनगर–२ भाँसीका १६ वर्षीय उमेश देउवा चार महिना बित्दा पनि स्कुल जान सकेका छैनन् । उनको बायाँ खुट्टामा गोली लागेको थियो । अप्रेसन गरेर उनको खुट्टामा रड राखिएको छ । तीन महिना अस्पताल बसेर घर आएका उमेशले अर्धवार्षिक परीक्षा दिन सकेनन् । उमेशका बुबा यज्ञराजले छोराको पढाइ मात्र नभई जिन्दगी नै बर्बाद भएको पीडा सुनाए ।

Advertisement

‘खुट्टा अझै निको भएको छैन, बायाँ भागको पूरै शरीर दुख्छ,’ उनले भने । उपचारका लागि सरकारले दिएको दुई लाख ५० हजार सकिएको उनले बताए । ‘आउँदो पुस १ मा फेरि अस्पतालले बोलाएको छ, उपचारका लागि खर्च छैन । सरकारले पूरै उपचार खर्च दिनुपर्ने हो किन दिएको छैन थाहा छैन,’ यज्ञराजले भने ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top