विश्व शान्तिको कामना गर्दै पोर्चुगलमा महायज्ञ

२० मंसिर ७५, शुक्रबार

लिस्बन,मंसिर २१
विश्व शान्ति तथा सनातन धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक साप्ताहिक ज्ञान महायज्ञ आयोजना गरियो । उक्त महायज्ञमा त्यहाँ रहेका प्रवासी नेपाली तथा विदेशी भक्तजनको सहभागिता थियो ।

विश्व शान्तिको सङ्कल्पसहित महायज्ञ समापन गरिएको सत्य सनातन धर्मका प्रवद्र्धक एवं महायज्ञका प्रमुख बाचक योगी श्रीओम सूर्य शिवले लाई जानकारी दिए । महायज्ञ सम्पन्न गर्नका लागि २६०० युरो अर्थात् रु तीन लाख २५ हजारभन्दा बढी खर्च भएको उनले बताए ।

अपेक्षा गरेअनुरुप रकम सङ्कलन नभए पनि पोर्चुगल र नेपालमा मन्दिरसहितको आश्रम बनाउने योजना रहेको उनको भनाइ थियो ।‘द ट्रथ लभ अफ लिभिङ फाउण्डेशन’को आयोजनामा भएको महायज्ञमा प्रमुख वाचक शिवले शुद्धज्ञान, वेद, श्रीमद्भागवतका साथै सूर्य पुराण, शिव पुराण, जीवनको सत्यता र आत्मज्ञानबारे प्रवचन दिएका थिए ।

Advertisement

अघिल्लो बिहीबारदेखि शुरु भएको महायज्ञमा सात दिनसम्म दैनिक पूजा, जलधारा, पाठ, ह्वन, ध्यान, प्रवचनका साथै भजनकीर्तनसमेत गरिएको थियो ।

रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top