×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इन्टेग्रीटी आइडल २०१८ को उपाधि बर्दियाका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गलाई

२२ मंसिर २०७५

काठमाडौं,मंसिर २२
वर्ष २०१७ को इन्टेग्रीटी आइडलको उपाधी बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले प्राप्त गर्नु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका विच इन्टेग्रीटी आइडल २०१८ घोषणा गरिएको हो ।

इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न अकाउन्ट्विलिटी ल्याबले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ । इन्टेग्रीटी आइडल २०१८ को उपाधी पाउन सफल कुरुम्बाङ्गले कार्यक्षेत्रमा खटिएर गएपछि त्यहाँको भौगोलिक, सांस्कृतिक, आर्थिक अवस्था र समुदायको अध्ययन गरेर योजनाबद्ध ढंगले सेवाग्राहिको हितमा काम गर्दै आउनु भएको छ ।

Advertisement

कामकै सिलसिलामा पौडेलले विभिन्न जिल्लामा बसेर जनताका लागि उदाहरणीय र प्रशंसनीय काम गर्नु भएको छ । नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि इन्टेग्रिटी आइडलको सुरु गरेको हो । इन्टेग्रिटी आइडल २०१८ मा यस वर्ष १५ जनवरी २०१८ बाट चार महिनाकालागि मनोनयन खुल्ला गरिएको थियो । जस अन्र्तगत ७२ जिल्लाबाट १०६२ वटा मनोनयन प्राप्त भएको थियो ।

यस वर्षको उत्कृष्ट पाँचमा तरकारी बाली विकास केन्द्र, खुमलटार, ललितपुरका वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरकार्यपालिकाको कार्यालय, टीकापुर कैलालीमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार,काठमाण्डौका उपसचिव महेन्द्र प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ्ग र वीरेन्द्रनगर नगर नगरस्वास्थ्य कार्यालय, सुर्खेतका सिनियर अ.न.मी. सिता कुमारी शर्मा पर्न सफल हुनुभएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजनमा अधिकार सम्पन्न संघीय प्रशासनिक पुन संरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशि राज दाहाल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख पुण्य प्रसाद न्यौपाने र पूर्र्व सचिव जीवनप्रभा लामा सदस्य रहनु भएको निर्णायक मण्डलले उत्कृष्ट छनोट गरेको हो ।

विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक समितिले विभिन्न मापदण्डका आधारमा प्रतिष्पर्धी मध्यबाट अन्तिम पाँचको छनोट गर्नुभएको थियो । अन्तिम पाँच मध्ये सर्वोत्कृष्ट अर्थात् इन्टेग्रीटी आइडलको छनोट भने एसएमएस र वेभसाईटबाट प्राप्त जनताको मतका आधारमा गरिएको हो ।

Advertisement

यसवर्ष एसएमएस र वेभसाईटबाट गरी प्राप्त भएको १ लाख ३२ हजार २ सय ५६ मत मध्ये कुल १ लाख १९ हजार ४ सय ७८ मत सदर भएको थियो । सो मध्ये विजयी बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङ्गले सवैभन्दा बढि अर्थात् ५७ हजार १ सय ५४ मत पाउनु भएको थियो ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top