झापा, मंसिर २३
नेपाल आइडलको टप ४ मा पुग्न सफल झापाका अस्मिता अधिकारी र सुमित पाठकको गृह जिल्लामा भब्य स्वागत गरिएको छ । चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता अधिकारीले दमकमा माहौल उचालेकी छिन् । उनले नेपाल आइडलमा टप ४ मा पहिलो महिला पुग्न सफल भएको भन्दै ईतिहास रच्ने अबसर आएको बताईन् ।
उनले यहाँसम्म आईपुग्न सबैको साथ सहयोगले सम्भव भएको बताईन् । उनले हरियो डाँडामाथि लगायत आधादर्जन गीत गाएर सुनाइन । उनीसँग सेल्फी खिच्न दर्शकहरुले तछाड मछाड गरेका थिए । जसकारण स्थिती समाल्न हम्मे हम्मे भएको थियो । यस्तै नेपाल आइडलको शुक्रवारको एपिसोडबाट सर्वाधिक भोट पाएर टप ४ मा पुगेका सुमित शनिवार गृह जिल्ला झापा पुगेका छन ।
उनलाई झापामा भव्य स्वागत गरिएको थियो । झापामा पुगेर उनले आफ्ना शुभचिन्तकलाई धन्यवाद पनि दिएका छन । उनका समर्थकले आयोजना गरेको ‘नेपाली साङ्गीतिक यात्रामा उदयमान तारा प्रतिस्पर्धी गायक ÷सुमित पाठक’ नामक कार्यक्रम उनले सम्पूर्णलाई धन्यवाद दिएका हुन । उनले उक्त कार्यक्रममा नेपाल आइडलमा रेक्स्पेक्ट पाएका गीतहरू गाएका थिए ।
उनले झम्के गुलेली, कुन माया सदर भो, गुराँसैको फेदमुनि लगायतका गीत गाएका थिए । उनीसँग सेल्फि खिच्न दर्शकहरूले त छाड म छाड गरेका थिए । उनको झापा कनकाई नगरपालिकामा सङ्गीत साधन कला केन्द्र सञ्चालनमा रहेको छ । सुमित त्यही विद्यालयका उत्पादन हुन् । सुमित शास्त्रीय सङ्गीतमा समेत उत्तिकै अनुभवी छन् भने आधुनिक, पप, र्याप सबै प्रकारका गीत गाउन सिपालु समेत छन् ।