‘जे सुकै होस’को ट्रेलर सार्वजनिक (भिडियो)

‘जे सुकै होस’को ट्रेलर सार्वजनिक (भिडियो)

विराटनगर,मंसिर २३
नेपाली चलचित्र ‘जे सुकै होस’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौँ आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

उमेश गुरुङले निर्देशन गरेको सो चलचित्र सेक्स कमेडी जनरामा निर्माण भएको छ । नवराज जङ्ग थापा ‘जंगे’को निर्माण रहेको चलचित्रमा उमेश गुरुङ, चन्दा दाहाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन बि अन्जान, इश्वर फुयाल, कृष्ण भट्टराई, उद्धव तिमिल्सिना, सुनिल कटवाल, राजु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

पुष २० गते रिलिज हुने सो चलचित्रमा सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जङ्ग थापा, डी आर अटुको संगीत रहेको छ । उमेश गुरुङको कोरियोग्राफी रहेको चलचित्रको सम्पादन बनिश शाह र सालिक दुलालले गरेका हुन् ।

https://youtu.be/Nt3HsGJeJdI

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.