रिभर प्लेट क्लब कोपा लिवर्टाडोस च्याम्पियन

२४ मंसिर ७५, सोमबार
Share this
675shares

एजेन्सी,मंसिर २४
एट्लेटिको रिभर प्लेट क्लब कोपा लिवर्टाडोसको च्याम्पियन बनेको छ । अतिरिक्त समयको बोका जुनियर्सलाई ३–१ ले पराजित गर्दै रिभर प्लेट कोपा लिवर्टाडोस च्याम्पियन बनेको हो ।
समग्रमा ५–३ को जित निकालेको रिभर प्लेटको पहिलो लेगको खेल २–२ गोलको बराबरीमा रहेको थियो । ४४औं मिनेटमा डारियो बेन्टेडोले गोल गर्दै बोका जुनियर्सलाई खेलमा अग्रता दिलाएका थिए ।

Advertisement

६८औं मिनेटमा लुकास प्राटोले बराबरी गोल फर्काएपछि निर्धारि समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

Advertisement

रिभर प्लेटले १० खेलाडीमा समेटिएको बोकालाई अतिरिक्त समयमा ३–१ ले पराजित गरेको हो ।९२औं मिनेटमा बोका जुनियर्सका विल्मर वारियोस दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिदा यसको फाइदा रिभर प्लेटले उठायो ।

१०९औं मिनेटमा जुवान फर्नान्डो क्वेन्टेरो गोल गर्दै टिमलाई २–१ अग्रता दिलाएका थिए ।अतिरिक्त समयको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोन्जालो निकोलस मार्टिनेजले विजयी गोल गर्दै रिभर प्लेटलाई ३–१ को जित दिलाउदै च्याम्पियन बनाए ।

Advertisement

ब्युनर्स आयर्समा दुई साता अघि नै हुनुपर्ने फाइनल खेल हुल दंगाका कारण स्पेनमा भएको हो । दुई साता अघि फाइनल खेलको लागि मैदान जादै गर्दा बोका जुनियर्स चढेको बसमा आक्रमण भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top