काठमाडौं,मंसिर २४
दण्डहीनताको अबन्त्य र मानवअधिकार संरक्षणको माग गर्दै बालुवाटार पुगेका १५ जनाभन्दा बढी मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
विश्व मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन खोजेका अधिकारकर्मी कृष्ण पहाडी लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्याय र हत्यामा संलग्नलाई कारबाही लगायतका माग गर्दै ७० औँ अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवसको अवसरमा उनीहरु बालुवाटार पुगेका थिए।
निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । निर्मला पन्तको बालात्कार र हत्या घटनामा दोषीको पहिचान हुन नसक्नु राज्यको अक्षमता लेखिएको व्यानर सहित उनीहरु बालुवाटार पुगेका थिए ।
मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको प्रदर्शनमा महिलामाथी हुने हिंसा र अत्याचार जघन्य अपराध भएको भन्दै रोक्न माग गरिएको थियो ।