अन्तर प्रदेश परिषदको बैठक सकियो

अन्तर प्रदेश परिषदको बैठक सकियो

काठमाडौँ,मंसिर २४
अन्तर प्रदेश परिषदको बैठक सकिएको छ । बैठकको निश्कर्ष सहितको प्रतिवेदन बनाउन ५ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहेका छन् ।

त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी सदस्य सचिव रहनेछन् । उक्त कार्यदलले एक हप्ताभित्र बैठकको निश्कर्ष सहितको प्रतिवेदन बुझाउने संघीय सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । कार्यदलले पुस ३ गते दिउँसो १ बजे संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्री उपस्थित कार्यक्रममा प्रतिवेदन बुझाउनेछ ।

बैठकमा सबै मुख्यमन्त्रीहरुले आफ्ना भोगाइ, समस्या समाधान गर्न चाहेको विषय स्पष्टसँग राखेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको निश्कर्ष सहितको प्रतिवेदन सात दिनभित्र बुझाउने गरी कार्यदल गठन गर्ने र त्यसको निश्कर्षलाई कार्यान्वयनमा लैजाने बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.