×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

२४ मंसिर २०७५

विराटनगर, मंसिर २४
मोरङ र झापा जिल्लामा सोमबार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।मोरङको कटहरी गाउँपालिका–४ नयाँ बजारमा सोमवार दिउँसो ट्याक्टर ट्रली र ईन्जीन जोड्ने हिच भाँच्चिदा उक्त ट्याक्टरका सह–चालकको मृत्यु भएको छ ।

भित्री सडक खण्ड अन्तर्गत दिउँसो साढे १२ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १ त ३७६८ नम्बरको ट्रयाक्टरको ट्रली र ईन्जीन जोड्ने हिच भाँचिएको थियो । दुर्घटनामा परि ट्याक्टरको ट्रलीमा सवार रहेका ट्याक्टरका सह–चालक कटहरी गाउँपालिका बस्ने २२ वर्षीय महमद साकुला लडेर पछाडिको चक्काले किचेर घाइते भएका थिए ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते साकुलालाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो सवा १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ । मृतकको शव कानूनी प्रकृया पश्चात परिक्षणको लागि कोशी अंचल अस्पतालको शवगृहमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–५ मा स्कुल बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ ।

दिउँसो सवा १२ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को१क२३९० नम्बरको गोल्बल ऐजुकेशन ऐकेडेमीको स्कुल बसले तत्काल पहिचान खुल्न नसकेको पैदल यात्री अन्दाजी बर्ष ५५ की महिलालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनामा परि गम्भीर घाइते महिलालाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो साढे १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।बस र बस चालक पाँचथरको दुर्दिम्बा गाउँपालिका–५ बस्ने बर्ष ४० को हर्क सुब्बा प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top