पत्नीलाई नै पतिको काजकिरिया गर्नबाट रोकियो

२४ मंसिर ७५, मंगलबार

विराटनगर,मंसिर २५
श्रीमानको मृत्यु हुँदासमेत श्रीमानको घरमा काज किरियामा बस्न नदिई आफूमाथि अभद्र ब्यबहार गरेको भन्दै एक महिलाले न्यायको अपिल गरेकी छिन् । हाल काठमाडौँको गोकर्णेश्वर–३, नयाँवस्ती बस्ने कौशादेवी घिमिरे ढुङ्गेलले यही मंसिर १८ गते श्रीमान मुक्तिनाथ ढुङ्गेलको मृत्यु भएपछि घरमा आएर काजकिरिया गर्न खोज्दा आफुलाई घरभित्र पस्न नदिने र काजकिरिया गर्न नदिने भनी अभद्र ब्यबहार देखाएको बताएकी छिन् ।

उनले आफ्ना पतिको काजकिरिया गरिदिनु भनेर पटक– पटक माग गर्दा पनि आफ्ना जेठाजु उमा ढुङ्गेल, देवर उद्धव ढुङ्गेल र माधव ढुङ्गेलले घरमा आएर क्रियामा बस्न नदिने भनी ब्यबहार देखाएको भन्दै आफुलाई पतिको क्रिया गर्ने वातावरण मिलाईदिन अपिल गरेकी छिन् ।

हाल माईतीको शरणमा रहेकी उनले २०२५ सालमा ओखलढुङ्गाको तत्कालीन सुत्लुङ गाविस वडा नं–३ मा आफ्नो विवाह भएको र विवाहपछि ९ वर्षसम्म घरमा बसेपनि पति घरमा नआएपछि जलेश्वरमा भएको थाहा पाएर भेट्न गएको बताएकी छिन् ।

उनले पतिलाई भेट्न जाँदा आफुलाई बस्न नदिएपछि दुःख जिलो जीवन बिताउन बाध्य भएको र उजुरी गर्न खोज्दा श्रीमान पक्षबाट सरकारी कर्मचारी विरुद्ध उजुरी गर्दा बहुबिवाहको कारबाहीमा पर्ने र सामाजिक प्रतिष्ठामा आँच आउने भनेर उजुरी गर्न नदिएको पनि बताएकी छिन् ।

सासु ससुरासँग भने आपनो पटक पटक विराटनगरमा भेट हुने गरेको उनले बताएकी छिन । उनले मंसिर १८ गते आफ्ना पतिको अचानक मृत्यु भएको तर पतिका घरका मान्छेले त्यसको जानकारी नगराएको र आफुले अर्कैबाट थाहा पाएको पनि गुनासो गरेकी छिन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top