विराटनगर,मंसिर २५
नवप्रतिभा निशा मोक्तानको पहिलो गीत ‘मोबाईल र ट्याब होइन हातमा पुस्तक बोकौँ’ सार्वजनिक भएको छ । चेतनामुलक रहेको यो गीत भर्खरै युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
सुरिलो स्वरकी धनी निशाको यो पहिलो प्रस्तुती हो जोनी तामाङको संगीत रहेको यस गीतको रचना भुवन तामाङले गरेका हुन् । यो गीतलाई बि क्रियसन इन्टरनेशनलले निर्माण गरेको हो ।
बुद्धशान्ति २ जयपुर स्थित आदर्श मा.वि.मा कक्षा ९ मा पढ्ने छात्रा हुन् । उनी सानै देखि नै गीत गाउने गर्थिन् । गीत गाउने अवसर पाउँदा अत्यन्त हर्षित भएको बताउँदै गायीका निशाले निकट भविष्यमै अर्को गीत पनि सार्वजनिक गर्ने बताइन् ।
छोराहरु बिगारेकाले गीत लेखेको : मोबाईल र ट्याब आजका मानिसहरुका लागि अपरिहार्य भएपनि यी चिजहरुले विशेष गरी बालबालिका, किशोरकिशोरी र युवाहरुलाई बर्बाद गरिरहेका कारण चेनतामुलक गीत लेखेको रचनाकार भुवन तामाङले बताए .
तामाङले भने भैmँ यस गीत बालीबालिका, किशोरकिशोरी र युवाहरुका लागि अति उपयोगी छ ।पत्रपत्रिकामा स्तम्भ लेख्ने गरेका भुवन तामाङको शब्दमा ‘सलल पानी बगेर झ¥यो’, ‘डाँडा बजार जाउँ या माईबेनी मेलामा’ र ‘रक्तदान’ बोलका गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।