उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा,जानकी मन्दिरमा पूजाअर्चना

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा,जानकी मन्दिरमा पूजाअर्चना

जनकपुर, मंसिर २६
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमी महोत्सवमा जनकपुरधाम आईपुगेका छन् ।

विवाहपञ्चमीको मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् । जानकी मन्दिरमा उनले पूजा गरेका छन् ।

निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आदित्यनाथलाई विमानस्थलमा स्वागत गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.