ताप्लेजुङ, मंसिर २६
शिकार खेल्ने क्रममा गोलीले लागेर ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–२ बस्ने २० बर्षीय संदेश लिम्बु गम्भीर घाईते भएका छन् । मंगलवार दिउसो शिकार खेल्न भनी स्थानीय जंगलमा भरुवा बन्दुक बोकेर गएका लिम्बु पेटको दाहिने पट्टी भागमा गोली लागेर गम्भीर अवस्थामा फेला परेका हुन् ।
संदेश लिम्बु र स्थानीय सुमित लिम्बु दुईजना मात्र भरुवा बन्दुक लिएर सिकार खेल्न जंगल तर्फ गएका र बेलुका करीब ८ बजेतिर सुमित लिम्बुले गरेको फायरले निज संदेश लिम्बुलाई लागी घाइते भएको बताईएको छ ।
संदेशलाई आफन्तले फेला पारी उपचारको लागि पाँचथरको फिदिममा रहेको समर्पित अस्पतालमा ल्याएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि झापा पठाएको छ । सुमित लिम्बु र उक्त भरुवा बन्दुक फेला नपरेकोले खोजतलास कार्य भईरहेको घाईतेको बि.एन.सी अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।