उदयपुरमा आगलागी : ३ घर जलेर नष्ट

२६ मंसिर ७५, बिहीबार

बिराटनगर, मंसिर २६
उदयपुरको कटारी नगरपालिका–८ घुम्ती शिरिसेमा बुधबार बिहान ३ वटा घरमा आगलागी हुँदा अन्दाजी ८ लाख मूल्य बराबरको क्षति भएको छ ।

बिहान करिब साढे ३ बजेको समयमा सोही स्थान बस्ने कृष्णलाल श्रेष्ठको फूसको छाना भएको १ तले घर, नगद १५ हजार, किरानासामान, अन्नपात, लत्ताकपडा, भाँडावर्तन सहित अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको छ ।

त्यसैगरी दिल बहादुर श्रेष्ठको फूसको छाना भएको १ तले घर र काठपात सहित अन्दाजी १ लाख मूल्य बराबरको क्षति भएको छ । साथै मकर बहादुर श्रेष्ठको फूसको छाना भएको १ तले घर, नगद ३ हजार, लत्ताकपडा, भाँडावर्तन र अन्नपात सहित अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोली ,दमकल र स्थानीयवासीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top