विराटनगर : मोरङको कटहरी गाउँपालिका– ३ की अनिता मिश्रले नोबेल मेडिकल कलेज धाउन थालेको पाँच महिना पुग्नै लागेको छ । गत साउन २ गते ३२ वर्षीय श्रीमान दपक मिश्र दुर्घटनामा परेपछि करीब ५ महिना दीपकको हेरचाह र औषधी उपचारका लागि धाएकी उनी दुई दिन यता शवका लागि धाईरहेकी छिन् ।
तर, अस्पतालले भने बिल नतिरेको भन्दै शव अन्तिम संस्कारका लागि लैजान दिएको छैन ।पाँच महिना अस्पतालमा राखेर उपचार गर्दा उनको १४ लाख भन्दा बढी रुपैँया खर्च भएको छ ।
मंगलबार उपचारकै क्रममा मिश्रको मृत्यु भएपछि अस्पतालले साढे तीन लाख रुपैँया बाँकी रहेको भन्दै शव रोकेर राखेको हो । नोबेल मेडिकल कलजका व्यबस्थापक नारायण दाहालले दुर्घटनाको केस भएकोले सबै छुट दिन नसक्ने बताउँछन् । , यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।