टीएसजी होफेनहाइनमाथि सिटीको जित, सानेको दुई गोल

२७ मंसिर ७५, बिहीबार
Share this
728shares

एजेन्सी,मंसिर २७
जरी युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब टीएसजी होफेनहाइनलाई २–१ ले पराजित गरेको छ ।
लिरोए सानेको दुई गोल मद्दतमा सिटीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो ।

Advertisement

घरेलु मैदान इतिहाद स्टेडियममा सिटी खेलको १६औं मिनेटमा पछि परेको थियो । सिटीका लापोर्टेले विपक्षी खेलाडीलाई बक्समा फउल गरेपछि पाहुना टोलीले पेनाल्टीमा गोल गर्दै खेलमा १–० को अग्रता बनाएको थियो । एन्ड्रिज क्रामारिकले गोल गरे ।

Advertisement

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लिरोए सानेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सानेले फ्रिकिकमार्फत सुन्दर गोल गरेका थिए ।

६१औं मिनेटमा सानेले रहिम स्ट्रलिङको पासलाई गाृलमा परिणत गर्दै खेलमा सिटीलाई २–१ को अग्रता दिलाए । त्यसपछि पनि सिटीले टीएसजीको पोस्टमा पटक–पटक आक्रमण बुनेपनि टीएसजीका गोलरक्षक बाधक बन्दा थप गोल हुन सकेन ।

Advertisement

यसअघि नै नकआउट चरणमा पुगिसकेको सिटीले समूह ‘एफ’ मा १३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । टीएसजी ३ अंक जोडेर पुछारमा रह्यो ।यही समूहको अर्काे खेलमा लियोन र साख्तर डोनेक्सले १–१ गोलको बराबरी खेले । बराबरी पछि लियो समूह उपविजेताको रुपमा अघि बढेको छ भो साख्तर ६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top