यो कस्तो न्याय ? : पत्नीलाई नै पतिको काजकिरिया गर्नबाट रोकियो

२७ मंसिर ७५, शुक्रबार

विराटनगर,मंसिर २७
श्रीमानको मृत्यु हुँदासमेत श्रीमानको घरमा काज किरियामा बस्न नदिई आफूमाथि अभद्र ब्यबहार गरेको भन्दै एक महिलाले न्यायको अपिल गरेकी छिन् ।

हाल काठमाडौँको गोकर्णेश्वर–३, नयाँवस्ती बस्ने कौशादेवी घिमिरे ढुङ्गेलले यही मंसिर १८ गते श्रीमान मुक्तिनाथ ढुङ्गेलको मृत्यु भएपछि घरमा आएर काजकिरिया गर्न खोज्दा आफुलाई घरभित्र पस्न नदिने र काजकिरिया गर्न नदिने भनी अभद्र ब्यबहार देखाएको बताएकी छिन् ।

उनले आफ्ना पतिको काजकिरिया गरिदिनु भनेर पटक– पटक माग गर्दा पनि आफ्ना जेठाजु उमा ढुङ्गेल, देवर उद्धव ढुङ्गेल र माधव ढुङ्गेलले घरमा आएर क्रियामा बस्न नदिने भनी ब्यबहार देखाएको भन्दै आफुलाई पतिको क्रिया गर्ने वातावरण मिलाईदिन अपिल गरेकी छिन् ।

Advertisement

हाल माईतीको शरणमा रहेकी उनले २०२५ सालमा ओखलढुङ्गाको तत्कालीन सुत्लुङ गाविस वडा नं–३ मा आफ्नो विवाह भएको र विवाहपछि ९ वर्षसम्म घरमा बसेपनि पति घरमा नआएपछि जलेश्वरमा भएको थाहा पाएर भेट्न गएको बताएकी छिन् ।

उनले पतिलाई भेट्न जाँदा आफुलाई बस्न नदिएपछि दुःख जिलो जीवन बिताउन बाध्य भएको र उजुरी गर्न खोज्दा श्रीमान पक्षबाट सरकारी कर्मचारी विरुद्ध उजुरी गर्दा बहुबिवाहको कारबाहीमा पर्ने र सामाजिक प्रतिष्ठामा आँच आउने भनेर उजुरी गर्न नदिएको पनि बताएकी छिन् ।

Advertisement

सासु ससुरासँग भने आपनो पटक पटक विराटनगरमा भेट हुने गरेको उनले बताएकी छिन । उनले मंसिर १८ गते आफ्ना पतिको अचानक मृत्यु भएको तर पतिका घरका मान्छेले त्यसको जानकारी नगराएको र आफुले अर्कैबाट थाहा पाएको पनि गुनासो गरेकी छिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top