प्रदेश १ स्तरीय ज्येष्ठ नागरिक ग्रामको अध्ययन गर्न कार्यदल गठन

२७ मंसिर ७५, बिहीबार

विराटनगर,मंसिर २७
प्रदेश नम्बर १ मा प्रदेशस्तरीय ज्येष्ठ नागरिक ग्राम वृद्धाश्रम सम्बन्धमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरिएको छ । आज विराटनगरमा भएको प्रदेश १ नम्बर स्तरीय ज्येष्ठ नागरिक भेलाले ९ सदस्य कार्यदल गठन गरेको छ । कार्यदलको संयोजकमा त्रिलोक न्यौपाने, सदस्यहरुमा कृष्णविनोद लम्साल लगायतका रहेका छन् ।

Advertisement

ज्येष्ठ नागरिकको हकमा नीतिगत प्रादेशिक कार्यक्रम तर्जुम गर्न कार्यदल गठन गरिएको हो । प्रदेश सरकारले कस्तो नीति लिने, ज्येष्ठ नागरिकको हक हितका लागि के कस्ता कार्यक्रम ल्याउने भनि जिल्ला जिल्लामा पुगेर सम्भाव्यता अध्ययन गर्न सामाजिक विकासमन्त्री जीवन घिमिरेले निर्देशन दिए ।

कार्यक्रममा ज्येष्ठ नागरिकग्रामका लागि औचित्य र आवश्यकताका आधारमा संभाव्यताको पहिचान गर्दै संरचना निर्माण तथा सञ्चालनको स्वरुप र कार्यविधि तयार गरि पेश गर्न मन्त्री घिमिरेले आग्रह गरे ।

Advertisement

सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख दुर्गा बराल भण्डारी, ज्येष्ठ नागरिक समाज इटहरीका अध्यक्ष पुण्यप्रसाद न्यौपाने, झापा, मोरङ सुनसरीसहित पूर्वका विभिन्न जिल्लाबाट ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top