ऋण लिएर आफन्तले बुझे शव

विराटनगर,मंसिर २७
मोरङको कटहरी गाउँपालिका ३ निवासी ३२ वर्षीय दिपक मिश्रको शव कलेजले उपचारको खर्च नदिएको भन्दै अस्पतालमै राखेपछि ऋण लिएर आफन्तले शव बुझेका छन् ।

शव तीन दिनदेखि नियन्त्रणमा राखेको खबर सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिनाशर्त शव दिन निर्देशन दिएको थियो । तर मन्त्रालयले दिएको निर्देशन नोबेल मेडिकल कलेज विराटनगरले अवज्ञा गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको निर्देशनमा चिकित्सा महाशाखा प्रमुख दीपेन्द्ररमण सिंहले अस्पतालमा टेलिफोन गरी शव रोकेर नराख्न निर्देशन दिएका थिए ।

Advertisement

महाशाखा प्रमुख दीपेन्द्ररमण सिंहले अस्पतालका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र उपाध्यायलाई टेलिफोन गरेर बिना शर्त शव आफन्तलाई जिम्मा लगाउन निर्देशन दिएका थिए । अस्पतालले पीडितबाट औषधि र अस्पतालको सबै चार्ज लिए शव बुझाएको मृतककी श्रीमती अनिता मिश्रले जानकारी दिइन् ।

बिहीबार आफन्तले अस्पतालमा एक लाख ५३ हजार, अस्पताल भित्र रहेको फार्मेसीको ९० हजार सँगै बाहिरको फार्मेसीबाट औषधि लिएको एक लाख २५ हजार, अस्पतालको क्यान्टिकको ३६ हजार गरी ४ लाख ४ हजार तिरेपछि अस्पतालले शव आफन्तलाई दिएको हो ।

Advertisement

मृतकका दाइले सबै रकम ऋणमा लिएर अस्पतालमा बुझाएको बताए । बिहीबार कोशी अञ्चल अस्पतालमा पोस्मार्टम गरेपछि मिश्रको अन्तिम संस्कार गरिएको छ । नोबेल मेडिकल कलेजले भने ५० प्रतिशत रकम छुट गरेर शव आफन्तको जिम्मा लगाएको बताएको छ ।

मन्त्रालयबाट आफन्तलाई शव जिम्मा लगाउन आएको निर्देशन बारे प्रशासकीय अधिकृतले आफूलाई जानकारी नभएको बताएका छन् । साउन २ गते विराटनगर महानगरनगरपालिका ४ स्थित कञ्चनवारीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मिश्रको मिश्रको उपचारको क्रममा मंगलबार दिउँसो ११ बजे मृत्यु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top