अखिल जनतान्त्रिक तराईमुक्ति मोर्चा (विवेक समूह)ले सरकारलाई हतियार बुझायो

विराटनगर,मंसिर २७
अखिल जनतान्त्रिक तराईमुक्ति मोर्चा (विवेक समूह)ले सरकारी वार्ता टोलीलाई हातहतियार बुझाएको छ । सो समूहले आफूहरु शान्तिपूर्ण राजनितिमा आउने प्रतिबद्धता पनि जनाएको छ । मोर्चाले बिहीबार विराटनगरमा आयोजित कार्यक्रमकाबीच सरकारी वार्ता टोलीलाई हतियार बुझाएको हो ।

Advertisement

यसअघि राजनितिक मुद्धा उठान गरेर तराईमा सशस्त्र गतिविधि गर्दै आएको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहबाट अलग्गिएर गठन गरिएको विवेक समूहका संयोजक सहित चार जनाले सरकारी वार्ता टोली समक्ष आफुसंग भएको हातहतियार बुझाउदै सार्वजनिक भएका हुन ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित कार्यक्रमकाबीच सो मोर्चाका सदस्यहरुले सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेलाई हतियार बुझाउदै सार्वजनिक भएका हुन । सप्तरी र सुनसरीका विभिन्न क्षेत्रहरुमा गतिविधि चलाउदै आएको सो मोर्चाका सदस्यहरुले कटुवा पेस्तोल २ थान र एकथान स्वचलित पेस्तोल टोली समक्ष बुझाएका छन् ।

Advertisement

वार्ताटोली समक्ष हतियार बुझाएर सार्वजनिक हुनेहरुमा अखिल जनतान्त्रिक तराईमुक्ति मोर्चा (विवेक समूह)का संयोजक विनोदकुमार यादव भनिने विवेक यादव,रामु कामैत भनिने रामनन्दन कुमार कामैत,विनायक कुमार यादव र जयप्रकाश लिचपुरिया रहेका छन् । सो क्रममा मोर्चाका संयोजक विवेकले विगतमा शसस्त्र आन्दोलनको क्रममा आफुहरुलाई लगाइएको मुद्धा फिर्ता लगायतका बिषयमा वार्ता टोलीसंग सहमति भएपछि हतियार विसाउदै शान्तिपुर्ण राजनितिमा फर्किन लागेको बताए ।

Advertisement

सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विवेक समूहको मोर्चा संग थप हातहतियार रहेको र ती हतियारहरु समेत वार्ता टोली मार्फत सरकारलाई बुझाइने बताए । उनले समूहका अन्य सदस्यहरुसंग भएको थप हतियारहरु संकलन गर्न केहि समय लाग्ने भएकाले आगामी पौषको पहिलो साता थप हतियार बुझाउने सहमति भएको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top