शेयर बजार: सामान्य अङ्कले बढ्यो

२६ मंसिर ७५, बिहीबार

काठमाडौँ,मंसिर २७

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव ६ बिन्दुले बढेर एक हजार १४८ दशमलव ७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ बिन्दुले बढेर २४४ दशमलव ७० बिन्दुमा पुगेको छ ।

स्टकक अनुसार आज कूल १५४ कम्पनीको नौ लाख ९७ हजार ६७२ कित्ता शेयर रु ३२ करोड ३७ लाख ५८ हजार ७४ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेका छन् भने सात उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ । होटल एक दशमलव ८५, वित्त शून्य दशमलव ४४ र अन्य उपसमूह दुई दशमलव ५७ बिन्दुले घटेको छ ।

Advertisement

बैंकिङ आठ दशमलव ५५, विकास बैंक आठ दशमलव ८७, जलविद्युत् आठ दशमलव आठ, निर्जीवन बीमा ६५ दशमलव ७८, उत्पादन पाँच दशमलव ३८, लघुवित्त ११ दशमलव ६१ र जीवन बीमा ३० दशमलव २७ बिन्दुले बढेको छ ।

साताको कारोवार हुने आज अन्तिम दिन नागबेली लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, काबेली विकास बैंकका शेयरधनीले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top