×

NEPAL TIMES UPDATES

Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या*रा|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026

मोफसलकै सबैभन्दा ठूलो सिनेमा हल विराटनगरमा

२८ मंसिर २०७५

विराटनगर, मंसिर २८
विराटनगरमा मोफसलकै सबैभन्दा ठूलो सिनेमा हल सञ्चालनमा आएको छ । सेन्ट्रल मल्टिप्लेक्स प्रा. लि.द्धारा सञ्चालित सेन्ट्रल मल्टिप्लेक्स शुक्रबारबाट सञ्चालनमा आएको हो ।

विराटनगर– ७ मेनरोडमा रहेको सेन्ट्रल मलमा रहेको सो सिनेमा हलको कलाकार तथा निर्देशक दीपाश्री निरौला, दिपकराज गिरी, केदार घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले रिबन काटेर उद्घाटन गरे ।

Advertisement
Advertisement

कुल १६, २३५ वर्ग फिटमा निर्माण भएको मल्टिफ्लेक्समा २५०/२५० सिट क्षमताका आरामदायी सिटहरु सहित २ वटा अडि (सिनेमा हल) रहेका छन् । सञ्चालनमा आउन लागेको मुलुककै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मलले विराटनगरको मुहार फेर्नेगरी अन्तराष्ट्रिय मापदण्डको सेन्ट्रल मल्टिप्लेक्स सञ्चालनमा ल्याएको मल्टिप्लेक्स प्रा. लिका सञ्चालक प्रकाश मुन्दडाले आज सेन्ट्रल मलमा सञ्चालित पत्रकार सम्मेलनमा जानकारी दिए ।

रु.११ करोड लागतमा निर्माण भएको सो मल्टिप्लेक्समा उच्च प्रविधिका टुडि, थ्री डि स्क्रिन, गुणस्तरीय एसीहरु जडान गरिएको बताईएको छ । एकै पटकमा ५ सय जनाले सिनेमा हेर्न सक्ने सो मल्टिप्लेक्स सम्भवत मोफसलकै ठूलो रहेको मुन्दडाले दाबी गरे । सो हलमा सिनेमा हेर्नका लागि नेपाली फिल्मको २५० रुपैयाँ तथा बलिउड र हलिउड चलचित्रको ३०० देखि ३५० सम्म टिकट शुल्क लाग्ने संचालकले जानकारी दिएका छन् ।

मल्टिप्लेक्समा अर्लाम, अग्नी नियन्त्रण, सेट–अप,चमेनागृह, प्राथमिक उपचार केन्द्रसमेत रहेको यस सिनेमाहलमा एकदिनमा करिब २००० देखि ३ हजार जनालाई सेवा दिन सक्ने क्षमता रहेको छ । मल्टिप्लेक्समा ३० हजार वर्गफुटको अन्डरग्राउण्ड पार्किङको समेत ब्यबस्था रहेको छ । मल्टिप्लेक्समा गोल्डेन र महाराजाक्लासका प्लाटिनम सिटहरुको ब्यबस्था रहेका छन् । उच्च स्तरीय गुणस्तरका टुडी, थ्रि डी प्रोजेक्टर र स्क्रिनमा नेपाली हिन्दी, अङ्ग्रेजी लगायतका विभिन्न मुलुकका सिनेमाहरु प्रदर्शन गरिनुका साथै हलभित्र र बाहिर उत्कृष्ट स्तरका स्वादिष्ट स्न्याक्सहरु उपलब्ध रहेको मुन्दडाले जानकारी दिए ।

अत्यधुनिक भएकोले बिराटनगर बाहिरबाट पनि दर्शकहरु फिल्म हेर्न आउने मुन्दडाले बताए । उनले भने ‘जोगबनीमा पनि फार्बेसगञ्जमा पनि यस्तो खाले अडि छैन । हामी जोगबनी र फार्बेसगञ्जका दर्शकहरुलाई पनि टार्गेट गछौँ ।’उनले इटहरीबाट पनि अर्ब दर्शकहरु सिनेमा हेर्न बिराटनगर आउने बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै कलाकार तथा निर्देशक दीपाश्री निरौलाले यस सिनेमाहल निर्माणले चलचित्र निर्मातालाई टेवा पुगेको बताईन् । उनले विराटनगरमा यति ठूलो सिनेमाहल सञ्चालन गरेकोमा सञ्चालकहरुलाई बधाई तथा शुभकामना दिईन् । त्यस्तै कलाकार दिपकराज गिरीले पनि अन्य क्षेत्रमा बिजनेश छोडेर मनोरञ्जनात्मक बिजनेशको रुपमा सिनेमा हल सञ्चालन गरेकोमा गर्व लागेको बताए ।

यसका साथै निर्माणाधीन सेन्ट्रल मल केही महिनामै पूर्णरुपमा सञ्चालनमा आउने जानकारी दिइएको छ । सेन्ट्रल मलमा विशाल गु्रप, देवनरा गु्रप, र हाईलाईफ गु्रपको संयुक्त प्रयासमा १ लाख ३४ हजार वर्ग फुटमा अन्तराष्ट्रिय स्तरको किनमेल तथा निर्माण भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

सेन्ट्रल मलमा मल्टीप्लेक्स लगायत सुपर मार्केट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न ब्राण्डका सो रुम रेष्टुरेष्ट आदि रहनेछन् ।मलमा ५०० भन्दा बढी सो–रुमहरु रहनेहुनाले स्थानीय तथा अन्तराष्ट्रिय स्तरका ब्यबसायमा प्रबर्धनमा सहयोग पुग्ने मुन्दडाले बताए ।सेन्ट्रल मल ओमेगा हाउजिङ, सेन्ट्रल बजार र सेन्ट्रल मल्टिप्लेक्सको एकीकृत थलोको रुपमा रहेको यो मल नेपालकै उत्कृष्ट रहने सञ्चालकहरुले दाबी गरेका छन् । १ अर्बको लगानीमा बन्ने मलमा ४ सय जनालाई रोजगारी दिने जनाईएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस् :

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top