अस्ट्रेलियन विज्ञ टोलीद्वारा सिक्टा सिँचाइ आयोजनाको माटो निरीक्षण

२८ मंसिर ७५, शनिबार

नेपालगञ्ज, मंसिर २९

Advertisement

अस्ट्रेलियन विज्ञ टोलीले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको माटो निरीक्षण गरेको छ ।

पश्चिम मूल नहरको केही स्थानमा देखा परेको घुलनशील माटोको निरीक्षण गर्न मङ्गलबार बाँके आएको विज्ञ टोली कार्य सम्पन्न गरी फर्किएको छ ।

Advertisement

सिक्टामा आर्थिक अनियमितता गरेर पश्चिम मूल नहर कमजोर हिसाबले निर्माण गरिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु आठ अर्ब ५० करोड बराबरको बिगोसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिसकेको छ ।

बाँकेको बालापुरदेखि ढकेरीको झिझरी खोलासम्मको करीब पाँच किलोमिटर क्षेत्रमा घुलनशील माटो बढी मात्रामा प्रयोग भएको आयोजना निर्देशक कृष्ण नेपाल बताए । रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top