शक्ति गौचनले लिए सन्यास

काठमाडौं,मंसिर २९
नेपाली क्रिकेटका चर्चित बलर शक्ति गौचनले सन्यास लिएका छन् ।शनिबार एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पोखरा पल्टनबाट खेल्दै शक्तिले सबैखाले क्रिकेट प्रतियोगिताबाट सन्यास लिने घोषणा गरेका हुन्।

Advertisement

शक्तिले सन्यास घोषणा गरेको खेलमा पोखरा चितवन टाइगर्ससँग ७ विकेटले पराजित भएको छ। शक्ति पोखराको उपकप्तानको जिम्मेवारीमा थिए।

सन्यास लिएको घोषणापछि गहभरी आँसु पार्दै उनले मैदान छाडेका थिए । उनले भने, ‘अन्तिम दिन यागदार रहनेछ । यो क्षण कहिल्यै बिर्सने छैन ।’

Advertisement

गत असारमै अन्तराष्ट्रिय क्रिकेटबाट सन्याय लिएका शक्तिले राष्ट्रिय टोलीबाट एक खेल खेल्दै सन्यास लिने तयारी गरेका पनि उनले शनिबार नै सन्यास घोषणा गरेका हुन्।

शक्तिले क्रिकेट खेलबाट सन्यास लिए पनि अबको दिनमा क्रिकेट क्षेत्रकै लागि काम गर्ने घोषणा गरेका छन्।  नेपाललाई १० वर्षमा टेष्ट नेसन बनाउने आफ्नो लक्ष्य रहेको भन्दै उनले क्रिकेटको विकास र प्रशिक्षणको माध्यमबाट यसमा योगदान गर्ने बताए ।

Advertisement

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको १३० रनको लक्ष्य चितवनले अन्तिम ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टाएको थियो । दिपेन्द्र सिंह ऐरीले नटआउट ५४ रन हान्दा पल स्टर्लिङले ५५ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर १२९ रन बनाएको थियो । उसका सुनिल धमलाको ५१ रन बनाए पनि अन्य ब्याट्सम्यानले ठूलो पारी खेल्न सकेनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top